आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

आयोजक सहारालाई हराउँदै एपिएफको विजयी सुरुवात

आयोजक सहारालाई हराउँदै एपिएफको विजयी सुरुवात


  • ढोरपाटन संवाददाता
  • माघ ६ २०७८, बिहिबार

पोखरा – पोखरामा आजदेखी सुरु भएको २० औं संस्करणको आहा! रारा गोल्डकप फुटबल प्रतियोगितामा एपिएफ क्लबले विजयी सुरुवात गरेको छ ।

पोखरा रंगशाला स्थित फुटबल एरिनामा भएको उद्घाटन खेलमा आयोजकलाई २–० को गोलले हराएको हो । खेलको ५ औं मिनेटमा एपिएफको प्रहारमा सहाराका डिफेन्डर पिटर सेगुन बाधक बने ।

कप्तान नविन लामाको लामो पासलाई नियन्त्रणमा लिदैँ प्रदिप लामाले अर्मान्ड बिडोनलाई क्रमपास दिने क्रममा सेगुनले उत्कृष्ट बचाउँ गर्दै गोल हुनबाट जोगाए ।

(तस्वीर: लोकेन्द्र मानन्धर )

खेलको १४ औँ मिनेटमा आवास लामिछानेले गोल गर्दै एपिएफलाई अग्रता दिलाए । आवास र अर्मान्डको वान टु वान मुभमा अर्मान्डको पासमा आवासले २ डिफेन्डरलाई बिट गर्दै सेकेन्डबारमा गरेको प्रहार गोल हुन पुग्योक ।

२१ औं मिनेटमा अर्मान्डको पासमा विकी तामाङको प्रहार बाहिरीदाँ एपिएफ अग्रता दोब्बर पार्नबाट चुक्यो । २५ औँ मिनेटमा पहिलो पटक विपक्षिको पोष्टमा बल पु¥याएको सहाराले बराबरी गर्नबाट चुक्यो ।

अजय मार्टिनको पासमा साहिल गुरुङको प्रहार बाहिरियो । लगत्तै २६ औं मिनेटमा एपिएफका अर्मान्डले पाएको गतिलो अवसरमा गोल सृर्जना गर्न नसक्दा अग्रता दोब्बर गर्नबाट चुक्यो ।

४२ औं मिनेटमा एपिएफका विकी तामाङको प्रहार पोष्ट नजिकैबाट बाहिरियो । सहाराले पहिलो हाफमा थप गरेको २ मिनेटमा फ्रिकिकको अवसर प्राप्त गरेपनि गोल गर्न भने सकेन ।

(तस्वीर: लोकेन्द्र मानन्धर )

कप्तान मनबहादुर तामाङले प्रहार गरेको फ्रिकिक प्रहारमा अजय मार्टिनको हेड प्रहारमा रिवाउन्ड भएको बलमा मुकुन्दा न्युरेको प्रहार एपिएफका जापानी गोलरक्षक कुरीयामा युयाले बचाउ गरे ।

सोहि क्रममा कर्नरको अवसर प्राप्त गरेपनि गोल गर्न सकेनन् । पहिलो हाफ १–० ले आफ्नो पक्षमा पारेको एपिएफले दोस्रो हाफमा थप १ गोल गर्दै जित निश्चित गरेको थियो ।

४६ औं मिनेटमा विकिको प्रहार बाहिरियो । ४७ औं मिनेटमा सहाराले पुनः फ्रिकिकको अवसर पाएको थियो । कप्तान मनबहादुरले नै प्रहार गरेको फ्रिकिक सोझै विपक्षि गोलरक्षकको हातमा पुगेको थियो ।

५२ औं मिनेटमा एपिएफका कप्तान नविन लामाको फ्रिकिकमा अर्मान्डले हेड गरेको बल सहाराका गोलरक्षकले बाहिर गएको भन्दै छाडिरहँदा बारमा लाग्न पुगेको थियो ।

५६ औं मिनेटमा प्रदिप लामाको हेडर प्रहारलाई सहाराका गोलरक्षक अभिषेक बरालले पन्च गर्दै खर्च टारे । ६० औं मिनेटमा प्रदिपले नै गोल गर्दै अग्रता दोब्बर पारे । त्यो बाहेक दुबै टिमले खासै गतिलो अवसर सृर्जना गर्न भने सकेन ।

एपिएफका मुख्य प्रशिक्षक कुमार थापाले खेलाडी सोचेअनुसारको नतिजा निकाल्न नसकको प्रतिक्रिया दिए । ‘उद्घाटन खेल हो रमाइलो हुन्छ । तर सहारा स्थानीय टिम भएकाले हामीलाई सहज थियो’ उनले भने,‘सहाराले खेलाडी अन्तबाट ल्याएको हुनाले हामीलाई सहज भयो तर गोल भने कम भयो ।’

उता सहाराका प्रशिक्षक प्रशिक्षक प्रलाद हिराचनले टिममा समन्वय नहुँदा हार व्यहोर्न बाध्य भएको बताए । उनले खेलाडीले १ दिनमात्र प्रशिक्षण गर्दा समस्या आएको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->