आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

सडनडेथमा हिमालयन शेर्पामाथि पुलिसको जित

सडनडेथमा हिमालयन शेर्पामाथि पुलिसको जित


  • ढोरपाटन संवाददाता
  • माघ ७ २०७८, शुक्रबार

पोखरा रंगशाला फुटबल मैदानमा जारी आहा! रारा गोल्डकप फुटबल प्रतियोगितामा पुलिसले संघर्षपुर्ण जित निकालेको छ ।
सहारा क्लब पोखराको आयोजनामा जारी २० औं आहा! रारा गोल्डकपमा हिमालयन शेर्पा क्लबलाई सडन डेथमा २–१ गोल अन्तरले हराउँदै पुलिसले जितको सुरुवात गरेको हो ।

निर्धारित समयको खेल १–१ गोलको बराबरीमा रोकिएपछि खेल पेनाल्टी सुटआउटमा प्रवेश गरेको थियो । पेनाल्टीमा समेत ४–४ को बराबरी भएपछि सडनडेथमा पुलिसले २–१ ले हरायो ।

पेनाल्टीमा पुलिसका तिर्थराना मगर, निरकुमार राई, सुमन सुवेदीले गोल गर्दा कपिल ढकालको प्रहार आकाशियो । सडन डेथमा बुद्ध लामा र रेम वाजेले गोल गरेका थिए । उता हिमालयनका लागि पहिलो पेनाल्टी प्रहार गरेका युलरिच सिवेको प्रहार बारमा लाग्दै बाहिरियो ।

हिमालयनका लागि त्रिदेव गुरुङ, आशिष गुरुङ,पिस्टोनल मुटुम्बा र विश्वास श्रेष्ठले पेनाल्टीमा गोल गरेका थिए । सडन डेथमा जिवन गुरुङले गोल गरेका थिए ।

पुर्ण बहादुर गुरुङको प्रहार भने पुलिसका गोलरक्षक खड्काले रोक्दै टोलीलाई जित दिलाए । यस अघि खेलको चौथो मिनेटमै हिमालयनका त्रिदेव गुरुको प्रहार फितलो हुँदा अग्रता लिन बाट चुक्यो ।

८ औं मिनेटमा पुलिसका प्रताप गुरुङको फ्रिकिक प्रहार पोष्ट नजिकैबाट बाहिरिदा पुलिस पनि अग्रता लिनबाट चुक्यो । खेलको २९ औं मिनेटमा पुलिसले गोल गर्ने सुवर्ण अवसर खेर फाल्यो । रेम वाजेको प्रहारलाई गोलरक्षक किशोर गिरीले बचाउ गर्दा रिबाउन्ड भएको बलमा निरकुमारले गरेको प्रहारमा पुनः किशोर बाधक बने ।

३३ औं मिनेटमा निरकुमारकै फ्रिकिक प्रहार बाहिरियो । ३९ औं मिनेटमा हिमालयनका कप्तान विश्वासले एक्लैले बल प्रहार गर्दा गोल गर्नबाट चुक्यो । पिस्टोनल र त्रिदेव खाली रहेको अवस्थामा उनले एकलैले प्रहार गर्न खोज्दा गोल गर्नबाट चुके ।

मध्यान्तर हुनु अघिको अन्तिम मिनेट अर्थात ४५ औं मिनेटमा मुटुम्बाले गोल गर्ने सुवर्ण अवसर खेर फाले । मध्यान्तर पछिको सुरुवाती ७ मिनेटभित्र गोल गरेको पुलिसले त्यसको ७ मिनेट नबित्दै गोल खान पुगेको थियो ।

६० औं मिनेटमा निरकुमारको प्रहारमा गोलरक्षक किशोर बाधक बन्दा पुलिस अग्रता दोब्बर गर्नबाट चुक्यो । ६१ औं मिनेटमा हिमालयनका मुटुम्बाले फ्लिक गरेको बल बाहिरिदा अग्रता लिन बाट चुके ।

६४ औं मिनेटमा विश्वासको लामो प्रहारलाई पुलिका गोलरक्षक सन्जित श्रेष्ठले उत्कृष्ट डाइभ गर्दै बचाउ गरे । ९६ औं मिनेटमा निरकुमारले पाएको बल प्रहार गर्न ढिला हुँदा गोल गर्नबाट चुक्यो । १०२ औं मिनेटमा त्रिदेवको हेडरलाई किशोरले बचाउ गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->