शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

जन्मोत्सवमा अपाङ्ग विद्यार्थीलाई सहयोग

जन्मोत्सवमा अपाङ्ग विद्यार्थीलाई सहयोग


  • ढोरपाटन संवाददाता
  • माघ १२ २०७८, बुधबार

पोखरा/ जन्मोत्सवको अवसरमा गरिने फजुल खर्च कटाएर पोखराका एक युवाले अपाङ्गता भएका विद्यार्थीका लागि शैक्षिक सामग्री सहयोग गरेका छन् ।
गण्डकी प्रदेश उपसभामुखका स्वकीय सचिव प्रकाश शर्माले आप्mनो ३० औ जन्मोत्सवका अवसरमा फरक क्षमता भएका १६ जना विद्यार्थीलाई ३५ हजार मूल्य बरावरको शैक्षिक सामग्री वितरण गरेका हुन् ।
पोखरा ९ स्थित नेपाल अपाङ्ग समाज सेवा संघ केन्द्रीय कार्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थीलाई विद्यालय पोशाक, कपि, कलम, माक्स लगायतका सामग्री वितरण गरिएको शर्माले जनाए । गण्डकी प्रदेश सभा सदस्य मिना गुरुङले विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिन् ।

शर्माले आप्mनो जन्मदिनको अवसरमा विगत १० वर्षदेखि आफुले आर्जन गरेको कूल आम्दानीको १५ प्रतिशत रकमबाट समाजका फरक क्षमता भएका, गरीब एवम् विपन्न वर्गलाई सहयोग गर्दै आएको जानकारी दिए । अपाङ्गता भएका विद्यार्थीहरुले आफुलाई कमजोर महशुस नगरिकन शिक्षामा अव्वल हुनुपर्नेमा जोड दिंदै उनले पठनपाठनमा कुनै अप्ठेरो परेको जानकारी गराएमा आफ्नोतर्पmबाट सक्दो सहयोग गर्ने प्रतिवद्धतासमेत व्यक्त गरे । नेपाल अपाङ्ग समाज सेवा संघ केन्द्रीय अध्यक्ष बुद्धिबहादुर पन्तले संस्थामार्पmत अपाङ्गता भएका २७६ जना बालबालिका विभिन्न विद्यालयमा अध्ययनरत रहेको बताउँदै संस्थाको सहयोगमा अध्ययन गरेका कतिपय विद्यार्थीले शिक्षण एवम् निजामति सेवामा प्रवेश गरेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->