मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

राष्ट्रियसभा निर्वाचनमा मतदान सुरु

राष्ट्रियसभा निर्वाचनमा मतदान सुरु


  • ढोरपाटन संवाददाता
  • माघ १२ २०७८, बुधबार

काठमाडौं/ राष्ट्रियसभा निर्वाचनमा देशभर मतदान सुरु भएको छ । प्रदेशगत रुपमा भइरहेको निर्वाचनमार्फत १९ जना निर्वाचित हुनेछन् । मधेस र वागमतीमा २/२, प्रदेश १, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमबाट ३/३ जना निर्वाचित हुँदैछन् ।

निर्वाचन आयोगले विहान ९ देखि ३ बजेसम्म मतदान समय निर्धारण गरेबमोजिम सबै प्रदेशमा समयमै मतदान सुरु भएको छ । राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्न पाउँछन् । मुलुकभरबाट ५३२ प्रदेशसभा सदस्य तथा स्थानीयत प्रमुख र उपप्रमुखहरुले मतदान गर्नेछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->