बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

धौलागिरी अस्पतालको अध्यक्षमा सर्कुवाका नारायण पौडेल

धौलागिरी अस्पतालको अध्यक्षमा सर्कुवाका नारायण पौडेल


  • ढोरपाटन संवाददाता
  • माघ १४ २०७८, शुक्रबार

बागलुङ – चार महिनादेखि रिक्त रहेको धौलागिरी अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा जैमिनी सर्कुवाका नारायण प्रसाद शर्मा पौडेल मनोनित भएका छन् । पौडेल जनता मावि सर्कुवाका पूर्व प्रधानाध्यापक हुन् ।
गण्डकी प्रदेश सरकारले जैमिनी नगरपालिका-४ सर्कुुवाका नारायण प्रसाद शर्मा पौडेललाई मनोनित गरेको हो । प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पताल व्यवस्थापन समिति गठन आदेश २०७८ को दफा १ बमोजिम पौडेललाई आगामी ३ बर्षका लागि अध्यक्षमा मनोनित गरेको हो ।
मन्त्रालयले अस्पताल व्यवस्थापन समितिको सदस्यमा बानपा-४ का धनमाया शर्मा, बानपा-१४ का लक्ष्मीदेवि जिसी, बानपा-३ का कृष्णशंकर श्रेष्ठ, बडिगाड-१ का रुनमाया थापा र बानपा-३ का गगन बहादुर पुनलाई मनोनित गरेको छ ।

समितिको सदस्यमा उद्योग वाणिजय संघ बागलुङ र बागलुङ नगरपालिका प्रतिनिधि पदेन सदस्य रहने र मेडिकल सुपरीटेण्डेण्ट सदस्य सचिव रहने व्यवस्था गरेको छ । पुस २१ गतेको मितिमा उनीहरुलाई मनोनय गरिएको भएपनि हालसम्म नयाँ समितिले पदभार ग्रहण गरेका छैन् । निवर्तमान अध्यक्ष केवी राना मगरको कार्यकाल सकिएपछि अस्पताल ब्यवस्थापन समिति गत असोजदेखि पदाधिकारीविहिन बनेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->