मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

माघभर स्कूल बन्द

माघभर स्कूल बन्द


  • ढोरपाटन संबाददाता
  • माघ १५ २०७८, शनिबार

पोखरा/ कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले आगामी माघ मसान्तसम्म विद्यालय बन्दलाई निरन्तरता दिन सरकारलाई सिफारिस गरेको छ । शुक्रबार बसेको सीसीएमसी व्यवस्थापन केन्द्रको बैठकले माघ मसान्तसम्म विद्यालयमा भौतिकरुपमा हुने पठनपाठनमा लगाइएको रोक कायमै राख्न सिफारिस गरेको प्रवक्ता सुनिता नेपालले जानकारी दिइन् ।

यसअघि सरकारले माघ १५ गतेसम्मलाई बन्द गर्ने निर्णय लिएको थियो । केन्द्रले त्यसलाई थप १५ दिन लम्ब्याउन सिफारिस गरेको हो । उनका अनुसार केन्द्रको सिफारिसलाई मन्त्रिपरिषद्बाट निर्णय गरेपछि कार्यान्वयनमा जानेछ । ’भर्चुअल र अन्य विधिबाट हुने पठनपाठनलाई निरन्तरता दिन सकिनेछ’,उनले भनिन्, ’विद्यार्थी र शिक्षकलाई कोभिडविरुद्धको भ्याक्सिन दिन पनि विद्यालय खुलाउन सकिनेछ तर भौतिक रुपमै पठनपाठनलाई भने माघ मसान्तसम्म रोक लगाइएको छ ।’

प्रवक्ता नेपालले विश्वविद्यालयका परीक्षा स्वास्थ्य मापदण्ड पालना गर्दै संचालन गर्न अनुमति दिन पनि बैठकले सिफारिस गरेको बताएकी छन् । बैठकले भिडभाड हुने सिनेमा हल, पार्टी प्यालेससहितका क्षेत्रलाई भने माघ मसान्तसम्म बन्द नै राख्न पनि सिफारिस गरेको छ । केन्द्रको सिफारिस अनुसार आमसभा, जुलुस, सभा, भेला, मेला, सम्मेलन, सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्यासिनो, क्लब, हेल्थ क्लब, जीमखाना, रंगशाला, संग्रहालय, पुस्तकालय, चिडियाखाना पनि माघ मसान्तसम्म बन्द हुने भएका छन् । यस्तै, कभर्ड हल, स्वीमिङ पुल, फुटसल, जात्रा, महोत्सव, पटके हाटबजार र भिडभाड हुने अन्य कार्यक्रम पनि माघ मसान्तसम्म नगर्ने गरी निर्णय लिनस केन्द्रले सिफारिस गरेको छ ।

बैठकले सार्वजनिक उपत्यकामा लागू गरिएको सवारीसाधनमा जोरबिजोर प्रणाली हटाउन सिफारिस गरेको छ । तर, निजी र ट्याक्सीजस्ता सवारीसाधनमा मात्रै जोरबिजोर कायमै राखिने भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->