पोखरा/ रेडियो अन्नपूर्ण ९३.४ मेगाहर्ज पोखराद्धारा आयोजित गोल्डकप महापण्डितको विजेता पोखरा ११ फुलबारीका अजुर्न सुवेदी बन्न सफल भएका छन् । पोखरामा माघ ६ देखि १५ गतेसम्म आयोजना भएको २० औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत यस पटकको उपाधि कसले जित्ला भन्ने प्रश्नमा सही जवाफ दिने श्रोतामध्ये गोलाप्रथाबाट सुवेदी विजेता बनेका हुन् ।
आइतबार रेडियोमा आयोजित एक विशेष कार्यक्रममा उनलाई रेडियोका प्रवन्ध निर्देशक विजेश पालिखे, स्टेशन म्यानेजर सञ्जयकुमार मल्ल, सहारा क्लब पोखराका वरिष्ठ उपाध्यक्ष एवं प्रतियोगिता संयोजक केशवराज बराल, हिमश्री फुड्स प्रालिका बजार सहप्रवन्धक बमबहादुर बराल, वान स्टप इलेक्ट्रोनिक्सका सञ्चालक रविराज भुर्तेल, रेडियोका मार्केटिङ म्यानेजरद्धय नारायण पौडेल र निराजन पौडेलले संयुक्त रुपमा ३२ इन्चको वेगा एलइडी टेलिभिजन र १ काटुर्न रारा चाउचाउ हस्तान्तरण गरेका हुन् ।





