पोखरा/ मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार दिउँसो (बिहान १०/११ बजेदेखि साँझ ६ बजेसम्मको अवधि) प्रदेश नं १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी स्थानमा आंशिक बदली रहनेछ । अनि उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना छ । यस्तै सोमबार राति देशको पहाडी भेगमा सामान्य बदली रही बाँकी स्थानमा आंशिक बदली रहनेछ । महाशाखाका अनुसार देशका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना छ ।
यस्तै मंगलबार दिउँसो प्रदेश नं १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी स्थानमा आंशिक बदली रहनेछ । अनि प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा साथै मधेस प्रदेश र लुम्बिनी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ । साथै देशका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना पनि छ ।यसैगरी मंगलबार राति प्रदेश नं १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी स्थानमा आंशिक बदली रहनेछ । अनि प्रदेश नं १ र गण्डकी प्रदेशका थोरै स्थानमा साथै मधेस प्रदेश र बागमती प्रदेशका एक दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको जानकारी महाशाखाले दिएको छ ।





