बागलुङ/ प्रधानमन्त्री शेरबहादुर देउवाको सञ्चार विज्ञमा बागलुङका पत्रकार यम बिरही नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्रीको सचिवालयलाई पूर्णता दिने निर्णय गरेको थियो ।
बिरहीलाई प्रधानमन्त्रीको सचिवालयअन्र्तगत सञ्चार विज्ञमा नियुक्त गरिएको हो । लामो समयदेखि काठमाडौंमा बसेर पत्रकारिता गर्दै आएका बिरही बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेराका स्थायी बासिन्दा हुन् ।
कानून पत्रकारितामा दख्खल राख्ने बिरही काठमाण्डौं प्रेसका सम्पादक हुनभने राजधानी, अन्नपूर्ण पोष्ट लगायतका सञ्चार माध्याममा लामो समय काम गरेका थिए । पत्रकार महासंघको निवर्तमान केन्द्रीय सदस्य बिरही एक बर्षअघि भएको निर्वाचनमा सचिव पदमा पराजित भएका थिए ।





