नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यालयको उद्घाटन पोखरामा भएको छ । पोखरा महानगरपालिका ३ नदीपुर तेर्सापट्टिमा कार्यालय स्थापना गरिएको हो । कार्यालयको उद्घाटन बरिष्ठ नेता रामचन्द्र पौडेलले गरे ।
कार्यक्रममा गण्डकीबाट केन्द्रमा नेतृत्व गर्ने केन्द्रिय उपाध्यक्ष धनराज गुरुङदेखी जिल्ला सभापति सम्मको उपस्थिति थियो । कार्यकता त हुनेनै भए । उद्घाटन पश्चात आफ्नो मन्तव्य राख्ने क्रममा रामचन्द्र चिप्लिएपछि गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले पौडेललाई विपिले बोलेका कुरा सिकाइदिए ।
भाषण गरेको अन्त्य तिर रामचन्द्र पौडेलले विपिको कुरालाई स्मरण गर्दै ‘राजालाई लोकतन्त्र चाहिदैन भने जनतालाई पनि लोकतन्त्र चाहिदैँन’ उनले सुरुमा भनेपछि फेरी सुधार्न खोज्दा त्यहि कुरा दोहोरिएपछि शुक्रराज शर्माले सिकाउँदै भने,‘ लोकतन्त्र होइन प्रजातन्त्र हो ।
राजालाई प्रजातन्त्र चाहिँदैन भने जनतालाई राजतन्त्र चाहिँदैन’ उनले सिकाएपछि बल्ल पौडेलले उक्त कुरा भन्छन् । त्यपछि । निस्किएको राजा ज्ञानेन्द्रले नेताले देश बेचेर खाए भन्ने वाक्यको कटाक्ष गर्दै उनले किन भने भन्दै कुन कुन नेताले विगारेको नाम खुलेर भन्नुस भनेर चुनौती गर्दा फेरी शुक्रराजले भन्छन्, ‘कस्को इशारामा भनेको हो ।
कस्को बोलि बोलेको हो त्यो पनि भन्नुस’ भनेपछि फेरी पौडेलले उक्त कुरा समेत भने । पौडेलले आगामी निर्वाचनमा गठबन्धनमै जानुपर्नेमा जोड दिए । उनले गठबन्धनमा नगए कांग्रेसको पराजित निश्चित रहेकाले बलियो भएको स्थानमा एक्लै लड्ने र कम्जोर स्थानमा गठबन्धन गर्नुपर्ने बताए ।
केन्द्रिय उपाध्यक्ष धनराज गुरुङले कांग्रेसलाई निर्वाचन गराउने जिम्मेवारी आएकाले समयमै निर्वाचन गराउन लागिपर्नुपर्ने बताए । सहमहामन्त्री जिवन परियारले आगामी निर्वाचनमा कांग्रेसलाई बलियो पार्टीको रुपमा स्थापित गराउन पर्ने बताए ।
उता शुक्रराज शर्माले भने अब आफुले निर्वाचनमा उम्मेदवारी नदिने बताए । उनले पार्टीलाई प्रदेशमा बलियो बनाउन योग्य उम्मेदवार निकाल्ने प्रतिबद्धता व्यक्त गरे ।





