मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

सरस्वती पुजामा बालविकासको अक्षयकोष बृद्धि

सरस्वती पुजामा बालविकासको अक्षयकोष बृद्धि


  • ढोरपाटन संवाददाता
  • माघ २३ २०७८, आइतबार

बागलुङ/ विद्यामन्दिर बालविकास केन्द्रमा अध्ययनरत बालबालिकाका लागि स्थापना भएको अक्षयकोषको रकम बृद्धि गरिएको छ । आइतबार सरस्वती पुजाको अवसरमा अक्षय कोषका संरक्षक, विद्यामन्दिर पुस्तकालयका सल्लाहकार श्याम श्रेष्ठले आफ्ना छोराहरुको स्मृतिमा स्थापना गरेको अक्षयकोष बृद्धि गरेका हुन् ।

श्रेष्ठले छोराहरु हेमन्त र शिशिरको स्मृतिमा ७५ हजार रुपैयाँको अक्षयकोष स्थापना गरेका थिए । कोषमा २५ हजार रुपैयाँ थप गरि एक लाख रुपैयाँको अक्षयकोष बनाईएको हो । कोषको व्याज रकमबाट विद्यामन्दिर बालविकास केन्द्रमा अध्ययनरत बालबालिकालाई सहयोग गर्दै आएको छ । पुस्तकालयले आइतबार सरस्वती पुजाको अवसरमा आयोजना गरेको एक कार्यक्रममा उक्त रकमको चेक पुस्तकालयका अध्यक्ष रामप्रसाद शर्मालाई हस्तान्तरण गरिएको थियो ।

पुस्तकालयले सरस्वतीको तस्विरमा माल्यार्पण, उपस्थित बालबालिकालाई कापी कलम वितरण गरेर सरस्वती पुजा गरेको थियो । शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव रामचन्द्र शर्मा र स्वागत सहजकर्ता उमा क्षेत्रीले गरेका थिए । कार्यक्रममा पुस्तकालयका पूर्वअध्यक्ष तथा बालविकास केन्द्रका सदस्य गोविन्द ओझाले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->