शुक्रबार, भाद्र ५ २०८३

शुक्रबार, भाद्र ५ २०८३
  • ५ भाद्र २०८३ , शुक्रबार
  • August 21 2026

स्वास्थ्योपचार सहुलियतका लागि सम्झौतापत्रमा हस्ताक्षर

स्वास्थ्योपचार सहुलियतका लागि सम्झौतापत्रमा हस्ताक्षर


  • ढोरपाटन संवाददाता
  • माघ २५ २०७८, मंगलबार

पोखरा/ नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा) गण्डकी प्रदेश पोखरासँग आबद्ध सदस्य, कर्मचारी र आश्रित परिवारका सदस्यलाई सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यका दुईवटा स्वास्थ्य संस्थासँग सम्झौता गरिएको छ ।
पोखरा महानगरपालिका वडा नं ९ स्थित मेडिट्रष्ट प्याथोलोजी प्रालि एवम् पोखरा–५ स्थित रिजनल हस्पिटल प्रा.लि. र नाट्टा गण्डकी प्रदेशबीच सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो ।सम्झौतापत्रमा नाट्टा गण्डकी प्रदेशका अध्यक्ष सञ्जयकान्त सिग्देल र महासचिव कमला गिरी तथा मेडिट्रष्ट प्रालि एवम् रिजनल हस्पिटलको तर्फबाट ट्रष्ट एवम् हस्पिटलका अध्यक्ष डा. जगतबहादुर खड्का, प्रबन्ध निर्देशक सुजन पराजुली, व्यवस्थापक अर्जुनप्रसाद शर्मा,सञ्चालक समिति सदस्य चन्द्रकान्त पौडेलले हस्ताक्षर गरेका हुन् ।

सम्झौतासँगै नाट्टा गण्डकीमा आवद्ध १८१ संस्थाका सदस्य, कर्मचारी र आश्रित परिवारका झण्डै एक हजारभन्दा बढी व्यक्तिहरू लाभान्वित बन्ने अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए । कार्यक्रममा नाट्टा गण्डकी प्रदेशका कार्यसमितिका पदाधिकारी, पूर्वअध्यक्ष परिषद्का संयोजक ओमप्रकाश पाण्डे, निवर्तमान अध्यक्ष सन्तोष पोखरेल, मेडिट्रष्ट प्याथोलोजि र रिजनल हस्पिटल सञ्चालक समितिका पदाधिकारी एवम् सदस्यहरूको उपस्थिति थियो । स्वास्थ्य परीक्षण गराउँदा विभिन्न शीर्षकमा छुट दिइने सम्झौतापत्रमा उल्लेख छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->