आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

गर्भपतनको आरोपमा जेल परेकी महिला १० वर्षपछि रिहा

गर्भपतनको आरोपमा जेल परेकी महिला १० वर्षपछि रिहा


  • ढोरपाटन संवाददाता
  • माघ २७ २०७८, बिहिबार

सान साल्भाडोर – गर्भपतनको आरोपमा जेल परेकी एल साल्भाडोरकी एक महिला १० वर्षपछि रिहा भएकी छन्। मध्य अमेरिकी मुलुक एल साल्भाडोर सरकारले उनलाई १० वर्षपछि जेलमुक्त गरेको हो।

गर्भ तुहाएको आरोपमा ३० वर्षे काराबासको सजाय सुनाइएकी एल्सी नाम गरेकी ती महिला १० वर्षपछि बुधबार जेलमुक्त भएकी हुन्। काराबासको सजाय पुरा नगरी छुट्ने ती पाँचौं महिला हुन्।

अन्यायपूर्वक लामो समयसम्म काराबासको सजाय भोग्नुपरेकी एल्सी रिहा हुँदा त्यहाँका महिला अधिकारकर्मीले खुसीयाली मनाएका छन्। १० वर्षे काराबासपछि एल्सीले आफ्नो परिवारका सदस्यसँग भेट गरेकी छन्।

सन् २०११ जुनमा स्वास्थ्य एवं घरायसी कामको कारण एल्सीको गर्भ तुहिएको थियो। सो समयमा उनी २८ वर्षकी मात्र थिइन्। गर्भ तुहिएपछि स्वास्थ्य एवं मानसिक सहायताको लागि गुहार गरिरहेकी उनलाई जानाजान गर्भपतन गराएको आरोप पक्राउ गरिएको थियो।

पक्राउपछि उनलाई ३० वर्षका लागि जेल सजाय सुनाइएको थियो। एल साल्भाडोरमा जस्तोसुकै अवस्थामा पनि गर्भपतन भएमा सजाय पाउने व्यवस्था रहेको बताइन्छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->