आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

पोखरा म्याराथनमा १४ विदेशी सहित २०१ धवक सहभागि हुने

पोखरा म्याराथनमा १४ विदेशी सहित २०१ धवक सहभागि हुने


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ५ २०७८, बिहिबार

भुतपुर्व खेलाडी मञ्च कास्कीको आयोजनामा फागुन ७ गते हुने १६ औं संस्करणको सफल पोखरा म्याराथनमा १४ विदेशी सहित कुल २०१ धावकको सहभागिता रहने भएको छ ।

प्रतियोगिताबारे जानकारी दिन बिहिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै मञ्चका अध्यक्ष हरीप्रसाद पराजुलीले मुख्य इभेन्ट पुरुष तर्फका म्याराथन ४२.१९५ किलोमिटर प्रतिस्पर्धामा केन्या, फ्रान्स,युके,भारत, ओमन, आएरल्यान्ड र अमेरिकाका १४ धावक तथा विभागिय क्लबहरु र १७ जिल्लाका गरी १६२ धावकको सहभागिता रहेको जानकारी दिए । यसतै महिला हाफ म्याराथनतर्फ ३९ धावक गरी कुल २०१ धावकको सहभागिता रहने बताए ।

मुख्य म्याराथन तर्फको पुरस्कार राशी रकम दोब्बर वृद्धि समेत गरिएको छ । प्रथम हुनेले ४ लाख रुपैयाँ, दोस्रोले २ लाख रुपैयाँ, तेस्रोले १ लाख र सान्त्वना हुनेले ३० हजार रुपैया प्राप्त गर्नेछन् ।

महिला हाफ म्याराथनको प्रथम, दितीय, तृतीय र सान्त्वनाले क्रमशः १ लाख रुपैयाँ,७५ हजार रुपैयाँ, ५० हजार रुपैयाँ र १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

कोरोना भाइरस महामारीका कारण एकैपटक हुने अन्य १० किमि, ५ किमि, ह्विलचियर र दृष्टिविहिन दौड भने चैतमा हुने भएको छ ।

म्याराथन विजेताले बेलायत म्याराथनमा सहभागिता तथा १९ औं एशियाली खेलकुदको बन्द प्रशिक्षणमा सहभागि हुन पाउने पराजुलीले जानकारी दिए ।

गण्डकी प्रदेश खेलकुद परिषद् सदस्य सचिव तेज गुरुङले पोखरालाई दौड शहरको रुपमा विकसित गर्नुपर्नेमा जोड दिए । उनले दौडको शहर बनाउँदै पर्यटन प्रबद्र्धन गर्नु आजको आवश्यकता रहेको सुनाए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->