आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

चुनाव केन्द्रित हुने माओवादीको निर्णय

चुनाव केन्द्रित हुने माओवादीको निर्णय


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ७ २०७८, शनिबार

बागलुङ/नेकपा माओवादी केन्द्र बागलुङ नगर कमिटीको बैठकले आगामी दश दिनभित्र वडा र टोल कमिटिका बैठहरु सक्न निर्देशन दिएको छ । शनिबार बागलुङ बजारमा बसेको बैठकले स्थानीय तहको निर्वाचन केन्द्रित अभियान सञ्चालन गर्नका लागि सांगठनिक गतिबिधि बढाउने निर्णय गरेको हो ।

बैठकलाई सम्बोधन गर्दै माओबादी केन्द्रका प्रदेश कमिटी सदस्य राजिव घिमिरेले देश माओवादीकै एजेण्डमा चलेपनि प्राबिधिक कारण चुनावमा पराजय भोग्नुपरेको बताए । आगामी निर्वाचनमा माओवादीले गुमाएको शक्ति प्राप्त गर्नेगरी टोल टोलबाट लाग्न उनले कार्यकर्तालाई निर्देशन समेत दिए ।

बैठकले संगठनको सबै शक्ति स्थानीय तहको निर्वाचनमा लगाउने निर्णय गरेको अध्यक्ष इन्द्र केसी (पारस)ले बताए । नगर कमिटीमा छुटेका सदस्यहरुले सपथ बैठकमा खाएका थिए । बैठकलाई प्रदेश कमिटिका सदस्य माधव शर्माले बोलेका थिए ।
केसीको अध्यक्षतामा सम्पन्न बैठकमा सचिव राजु खड्काको सञ्चालनमा सम्पन्न कार्यक्रममा स्वागत महेन्द्र बिकले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->