मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

दारी ग्याङको सहयोग

दारी ग्याङको सहयोग


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ८ २०७८, आइतबार

पोखरा/ दारी ग्याङको छैठौं वार्षिकोत्सबको अवसरमा दारी ग्याङ पोखराले माछापुच्छ्रे गाउँपालिका–४, स्थित श्री देउराली आधारभूत विद्यालयलाई शैक्षिक तथा खेलकुदका सामाग्री हस्तान्तरण गरेको छ ।
दारी ग्याङका सदस्यहरुले विद्यालयमा विद्यार्थीहरु माझ नै केक काटेर आफ्नो वार्षिकोत्सब कार्यक्रम मनाएका छ्न । कार्यक्रममा भित्तेकलामा पोख्त दारी ग्याङ आवद्ध कलाकार सुमन वाग्लेले चित्रकलामा इच्छुक विद्यार्थीहरुका लागि आवश्यक सामग्री पनि प्रदान गरेका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य दारी ग्याङ पोखराका पूर्व संयोजक बसन्त पहारीले राखेका थिए भने विद्यालयका तर्फबाट प्रध्यानाध्यापक प्रेमलाल पोखरेलले स्वागत गर्दै विद्यालयलाई सहयोग लिएर आउनुभएकोमा धन्यवाद व्यक्त गरेका थिए । दारी ग्याङ केन्द्रीय कमिटीका सचिव मनोज मालीले शुभकामना मन्तव्यका साथसाथै दारी ग्याङको स्थापनाबारे प्रकाश पारे । यस्तै दारी ग्याङ पोखराका संस्थापक संयोजक शेखर गौतमले सानो सानो सहयोग कार्यक्रमले नै बालबालिकाको आफ्नो उज्ज्वल भविष्य कोर्न सहयोग पु¥याउने बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->