आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

कांग्रेस कास्कीमा सर्वसम्मत बने महासमिति सदस्य

कांग्रेस कास्कीमा सर्वसम्मत बने महासमिति सदस्य


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ९ २०७८, सोमबार

पोखरा/ विवाद र असन्तुष्टिकै बीचमा कास्की कांग्रेसले ३ वटै क्षेत्रबाट निर्विरोध महासमिति सदस्य चयन गरेको छ । महासमिति सदस्यको निर्वाचन कार्यक्रम सोमबारलाई तय गरिएको थियो भने फागुन ७ गते नै उम्मेदवारी दर्ता गर्ने कार्यतालिका निर्वाचन आयोगले सार्वजनिक गरेको थियो । आइतबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नुपूर्व नै कास्कीका ३ वटै निर्वाचन क्षेत्रमा सर्वसम्मत सदस्य चयन भएको कास्की कांग्रेसकास सचिव टुवराज बास्तोलाले जानकारी दिए ।

कास्कीबाट एउटा निर्वाचन क्षेत्रबाट ११ र जम्मा ३३ जना महासमिति सदस्य छानिएको उनले बताए ।उनका अनुसार कास्की क्षेत्र नम्बर १ बाट खुलामा तारानाथ रानाभाट,कृष्ण केसी,किशोरदत्त बराल, सुदीपमोहन भट्टराई,विकास गुरुङ, सरस्वती गुरुङ र माया बराल सर्वसम्मत भएका छन् । सो क्षेत्रबाट पूर्वमन्त्रीयज्ञबहादुर थापा र कोपिला रानाभाट खस आर्यबाट महासमितिमा अटाए भने दलितमा कुमार सुनार र जनजातिमा दीपक गुरुङ सर्वसम्मत भए । कास्की क्षेत्र नम्बर २ को खुलामा कुमार खड्का,देवराज चािलसे, माधवप्रसाद बास्तोला, विन्दुकुमार थापा,सोभियतबहादुर अधिकारी,कुमारी मुना बास्तोला र रंगिला आचार्य चयन भएका छन् भने खस आर्य महिलामा कोपिला तिवारी तथा खस आर्य खुलामा ऋषिराम काफ्ले चयन भएका छन् ।

आदिवासी जनजातिमा वीरेन्द्रनारायण विजुक्छे र दलितमा अर्जुनकुमार विश्वकर्मा सर्वसम्मत भएको निर्वाचन आयोगले जनाएको छ । दावी गरेका लक्ष्मी पाण्डे र विजय आचार्यको नाम निर्वाचन आयोगले सर्वसम्मत भन्दै सार्वजनिक गरेको सूचीमा समावेश छैन । स्रोतका अनुसार सर्वसम्मत गर्ने जिम्मेवारी क्षेत्रीय समितिलाई दिए बमोजित क्षेत्रीय समितिले धेरै आकांक्षीमध्येबाट सर्वसमम्मतको लिस्ट तयार पारेको हो । क्षेत्र नम्बर २ को महासमिति सदस्यमा वडा नम्बर ८ बाटमात्रै ४ जना समावेश भएका छन् । कास्की क्षेत्र नम्बर ३ मा खुलातर्फ शुक्रराज शर्मा,खेमराज पौडेल,रामचन्द्र त्रिपाठी,आइबहादुर गुरुङ,दीपक गुरुङ,महिलामा सारदा शर्मा र टेकनशोभा गुरुङ तथा खस आर्यमा बाबुराम आचार्य र सीता अधिकारी चुनिएका छन् भने दलितमा उदयकुमार नेपाली एवं जनजातिमा खुसीमान गुरुङ सर्वसम्मत बनेका छन् । सबै पदमा सर्वसम्मत भएसँगै सोमबारको चुनावको औचित्य सकिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->