पोखरा/ लायन्स क्लब अफपोखरा चौतारीले तनहँुको शुक्लागण्डकी ४ मा रहेको अमर ज्योति प्राथमिक बिद्यालयका विद्यार्थीलाई नगद, शैक्षिक सामग्री र पोसाक वितरण गरेको छ ।
आधारभूत तहदेखि कक्षा ५ सम्म अध्ययन गर्ने २२ जना छात्रछात्रा रहेको सो विद्यालयलाई नगद ५० हजार सहितको सहयोग गरिएको क्लबका अध्यक्ष शरदकुमार सापकोटाले बताए विद्यालयमा ४ शिक्षक र एक जना कार्यालय सहयोगी मध्ये २ जना शिक्षक निजी स्रोतको भरमा भएको जानकारी दिँदै प्रधानाध्यापक कमला रानाले सहयोग तलबमा खर्चने जानकारी दिइन् ।





