पोखरा/ नेपाल युवा रेडक्रस सर्कल पोखरा २६ को शनिबार सम्पन्न १९औं साधारण सभा तथा १० औ अधिवेशनबाट विकास रानाभाटको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन गरिएको छ । ११ सदस्यीय समितिको उपाध्यक्षमा सूर्यचन्द राजभाट, सचिवमा तृप्ति भण्डारी , कोषाध्यक्षमा सुशील ढुङ्गाना, सहसचिवमा विशाल रानाभाट, सहकोषाध्यक्षमा नवीन लामिछाने , र सदस्यहरूमा निर्मल भण्डारी , आदर्शमोहन भट्टराई , पुष्पा सुनार , सागर थापा मगर र अन्जिता ढुङ्गाना रहेका छन् ।
युवा सर्कलका अध्यक्ष सन्दीप ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रमको रेडक्रस कास्की शाखाका सदस्य राजेश घिमिरेले उद्घाटन गरेका थिए भने पोखरा २६ का सभापति शैलेन्द्रमोहन भट्टराई, पूर्वसभापति मुरारि शर्मा , उपशाखाका सचिब दिपकनाथ भण्डारी , वडा प्रतिनिधि सर्मिला बिक, सर्कलका पूर्वअध्यक्ष विशाल ढुङ्गाना सर्कलका अध्यक्ष एवं युवा संयोजक महेन्द्र ढुङ्गाना,सचिव विकास रानाभाटलगायतले मन्तव्य राखेका थिए ।





