मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

बाल तथा महिला हिंसा बढ्दो

बाल तथा महिला हिंसा बढ्दो


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १९ २०७८, बिहिबार

पोखरा/महिला हिंसा न्यूनीकरण गर्न घर–घरमै सचेतनाको आवश्यक रहेको पोखरामा आयोजित महिला हिंसा सम्वन्धि सचेतना कार्यक्रममा बताइएको छ । अभियान युवा क्लब, अभियान महिला समूह, जिल्ला प्रहरी कार्यालय कास्की, सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्की र सामुदायिक प्रहरी सेवा केन्द्र बैदामको संयुक्त आयोजनामा बुधबार भएको सचेतना कार्यक्रममा सो कुरा बताइएको हो ।
पछिल्लो समय महिला हिंसाको स्वरुप परिवर्तन हुँदै बढ्दै गएकाले घरघरबाटै सचेतना जगाउनुपर्ने जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब निरीक्षक होतबहादुर रोकाहाले सचेतनामूलक प्रशिक्षणमा बताएका छन् । ‘महिला भएकै कारण महिलामाथि दुब्र्यवहार हुने गरेको छ । यसलाई रोक्न प्रत्येक घरका सदस्यलाई सचेतना हुनु जरुरी छ’,उनले भने । पछिल्लो समय बाल हिंसा र महिला हिंसाको रुप तीव्र रुपमा बढ्दै गएको उनको भनाइ थियो ।अभियान महिला समहूकी अध्यक्ष लक्ष्मी शर्माको अध्यक्षता तथा निवर्तमान अध्यक्ष शर्मिला केसीको स्वागत रहेको कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्र बैदामका सूर्यबहादुर केसी, पार्वती रानाभाट, अभियान युवा क्लबका अध्यक्ष राजु गिरी, जिल्ला प्रहरी कार्यालयका भिम काफ्ले, एकल महिला समुह पोखरा वडा ५ की अध्यक्ष राजकुमारी थापालगायत ३५ जना महिलाको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->