पोखरा\नेपाल बैंक लिमिटेड र पोखरा विश्वविद्यालयबीच बैंकिङ साझेदारी सम्झौता भएको छ ।
नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) कृष्णबहादुर अधिकारी र पोखरा विश्वविद्यालयका राजिष्टार डा.दीपकबहादुर भण्डारीले बिहीबार सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौता पत्रमा विश्वविद्यालयले वित्तीय कारोबारमा नियम अनुसार छुट पाउने लगायतका सुविधाहरु रहेका छन् । कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अधिकारीले नेपालको पहिलो र्बैक र उत्कृष्ट विश्वविद्यालयबीचको सम्झौताले दुवैलाई उचाइमा पु¥याउने विश्वास व्यक्त गरे ।
उनले देशका ७१ जिल्लामा बैंकका २ सय १३ वटा शाखा कार्यालय रहेको उल्लेख गर्दै बाँकी रहेका जिल्लामा शाखा स्थापना गरी २ सय ३० पु¥याउने बैंकको लक्ष्य रहेको बताए । त्यस्तै विश्वविद्यालयका रजिष्टार डा. भण्डारीले बैंकले प्रदान गर्ने सेवा सुविधा उपयुक्त भएकाले आफूहरुले हस्ताक्षर गरेको बताए ।
विश्वविद्यालयका उपकुलपति प्रेमनारायण अर्यालले नेपाल बैंक लिमिटेड पुरानो र भरपर्दो भएकाले हस्ताक्षर गरिएको बताए । उनले विश्वविद्यालय र र्वैकलाई अझ कसरी उचाइमा पु¥याउन सकिन्छ भन्ने विषयमा आफूहरुको जोड रहने उल्लेख गरे ।
बैंकका गण्डकी प्रदेश कार्यालय प्रमुख प्रतिमा श्रेष्ठले सम्झौतालाई ऐतिहासिक रुपमा लिएको बताउँदै आर्थिक कारोवारको रुपमा नेपाल बैंकलाई छनोट गरेको भन्दै विश्वविद्यालयलाई ध्रन्यावद दिइन् ।
कार्यक्रममा नेपाल राष्ट्र बैंक पोखराका प्रमुख डा. रामशरण खरेल, बैंकका कर्मचारी, विश्वविद्यालयका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।





