मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

नवौं राष्ट्रिय महाधिवेशनको छेको पारेर चौतारीको छलफल

नवौं राष्ट्रिय महाधिवेशनको छेको पारेर चौतारीको छलफल


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २२ २०७८, आइतबार

पोखरा/ प्रेस चौतारी नेपालको आसन्न नवौं राष्ट्रिय महाधिवेशनको छेको पारेर पोखरामा अन्तरक्रियात्मक छलफल कार्यक्रम सम्पन्न भएको छ । प्रचार प्रसार उपसमितिको आयोजनामा शनिबार भएको छलफल कार्यक्रममा पत्रकारका विभिन्न संगठनमा क्रियाशिल कास्कीका अग्रज पत्रकार सहभागी थिए ।

कार्यक्रममा बोल्दै प्रेस काउन्सिल नेपालका सदस्य दुर्गा भण्डारीले पत्रकारले आचारसंहिताको पालना गर्नुपर्नेमा जोड दिइन् ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिम्सिना पंगेनी,नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव गोविन्द सुवेदी,नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी,नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष रमेश पौडेल
न्युनतम पारिश्रमीक निर्धारण समितिका पूर्व अध्यक्ष तथा प्रेस युनियनका पूर्वकेन्द्रीय उपाध्यक्ष गंगाधर पराजुली

न्युनतम पारिश्रमिक निर्धारण समितिका सदस्य माधव पनेरु,नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष राम प्रसाद तिमिल्सिना,

फोनिजका पूर्वअध्यक्ष हुम तमु,प्रेस सेन्टर पोखरा महानगर कमिटीको अध्यक्ष शिवराज बस्ताकोटीलगायतले पेशागत सुरक्षामा सबै पत्रकारहरु एक ठाउँमा हुनुपर्नेमा जोड दिएका थिए ।

प्रेस चौतारी नेपालको आसन्न नवौं राष्ट्रिय महाधिवेशनअन्र्तगत प्रचार प्रसार उपसमितिका संयोजक रञ्जन अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा, प्रेस चौतारी नेपाल गण्डकी प्रदेशका निवर्तमान अध्यक्ष सुष्मा पौडेल, प्रेस चौतारी नेपाल कास्की शाखाका संस्थापक अध्यक्ष पुण्य पौडेल, कास्की शाखाका हालका अध्यक्ष अर्जुन गिरी र सहसचिव इश्वर देवकोटाले पनि मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->