मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

सादगी नेता शेरचनको निधन

सादगी नेता शेरचनको निधन


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २३ २०७८, सोमबार

पोखरा/ पूर्वमन्त्री तथा पोखरामा पूर्वप्रधानपञ्च गणेश शेरचनको निधन भएको छ । उदारवादी पञ्चको छवि बनाएका उनको आइतबार उपचारकै क्रममा काठमाडौंमा निधन भएको हो । २०३२ सालमा तत्कालीन पोखरा नगर पञ्चायतको प्रधानपञ्च बनेका शेरचन पोखराको अर्चलबोट निवासी हुन् । पछिल्लो समय भने उनी काठमाडौं बस्थे ।

राप्रपाको संस्थापक तथा राप्रपा नेपालको महामन्त्री पनि भएका उनी राजाको पालामा क्षेत्रीय प्रशासकसमेत भएका थिए ।
शेरचन राप्रपाको संस्थापक नेता एवम् तत्कालीन राप्रपा नेपालको महामन्त्री हुन् । राजाको प्रत्यक्ष शासनकालमा उनी क्षेत्रीय प्रशासकसमेत थिए । कास्कीबाट राष्ट्रिय पञ्चायत सदस्य भएपछि उनी पञ्चायतकालमै सूर्यबहादुर थापा नेतृत्वको मन्त्रिपरिषद्मा संचार सहायक मन्त्री बने । तर,मन्त्री भए पनि उनले अरु पञ्चजस्तो शक्तिको आडमा सम्पत्ति कमाउने काम गरेनन् । पिता दानबहादुर शेरचन नेपाली कांग्रेसका सक्रिय सदस्य हुँदा उनी वामपन्थी विचारधारासँग नजिक भए । पोखराको पृथ्वीनारायण क्याम्पसको स्ववियू सभापति बने र कालान्तरमा पञ्चायतलाई समर्थन गर्न पुगे । पोखरामा थकालीहरुको उपस्थिति पातलो हुँदा पनि प्रधानपञ्च र राष्ट्रिय सभा सदस्य बन्नुमा उनको व्यक्तित्व र असल चरित्र नै कारक थियो । कवि तीर्थ श्रेष्ठका अनुसार उनले जीवनभर सम्पत्ति कमाउनेतिर ध्यान दिएनन् र जग्गा जमिन पनि जोडेनन् । यसैबीच उनको निधनमा पोखरा महानगरले शोक व्यक्त गर्दै सोमबार महानगरका सबै सेवा र कार्यालय बन्द गर्ने निर्णय गरेको छ ।

‘२०३२ देखि २०३८ सालसम्म पोखरा नगर पञ्चायतको प्रधानपञ्च भएर उहाँले पु¥याउनु भएको योगदानलाई पोखरेलीले सम्झिरहने छन्’,‘ इमान्दार र विकासपे्रमी शेरचनको निधनले पोखरालाई अपुरणीय क्षति पुगेको छ । ’ शेरचनका श्रीमतिसहित ३ छोरा र एक छोरी छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->