बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

गण्डकी विश्वद्यिालयले तयार पा-यो मेडिकल कोर्ष

गण्डकी विश्वद्यिालयले तयार पा-यो मेडिकल कोर्ष


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २४ २०७८, मंगलबार

पोखरा/ गण्डकी विश्वविद्यालयले चिकित्सा शिक्षाको पाठ्यक्रम तयार गरेको छ । चिकित्साशास्त्रको अध्यापन सुरु गर्ने भएपछि विश्वविद्यालयले आफ्नै पाठ्यक्रम तयार पारेको हो ।गण्डकीले अब चाडै नै एमवीवीएस सञ्चालन गर्ने तयारी गरिरहेको छ ।

आम प्रदेशवासीलाई स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यका साथ आफ्नै मेडिकल रिर्सच सेन्टरको समेत स्थापना गर्ने विश्वविद्यालयले घोषणा गरिसकेको छ । सोमबार एक कार्यक्रमका बीच पाठ्यक्र हस्तान्तरण भएको हो । एक वर्ष लगाएर तयार पारिएको पाठ्यक्रम देशकै उत्कृष्ट रहेको विज्ञहरुको भनाइ रहेको छ । कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले संविधानको आधारमा गण्डकी विश्वविद्यालय जन्मिएको बताए ।

उनले १२ विश्वविद्यालयमध्ये गण्डकी विश्वविद्यालयले अब राजनैतिक हस्तक्षेपबाट पर रहेर काम गर्ने बताउँदै ज्ञान, सिप र क्षमताका हिसाबले आफ्नो खुवी देखाउन सक्ने स्पष्ट पारे ।
‘ विश्वविद्यालय हाम्रो संवैद्यानिक अधिकार हो । यो संविधान च्यातिन प¥यो कि त यो लागु हुन प¥यो’, उनले भने,‘ यो लागु हुने कसरी रुपान्तरण गर्न सकिन्छ भन्दा यसमा शिक्षा, स्वास्थ्य र रोजगार जोडिएको छ । प्रशासनिक, कानूनी रुपमा भिन्नता हुनुपर्छ राजनीतिक दल र नेतृत्वको हावी हुनुहुँदैन ।’

गण्डकी विश्वविद्यालयका कुलपति गणेशमान गुरुङले संविधानले दिएको अवसरको स्वतन्त्र रुपले प्रयोग गर्न पाउने अधिकार दिएको र त्यसलाई सदुपयोग गर्ने हाम्रो जिम्मा रहेको सुनाए । सरकारको सहयोगमा नभई विश्वविद्यालय आफैले चलाउने लक्ष्य रहेको पनि सुनाए ।
उनले विश्वविद्यालयलाई राम्रो बनाएर लगेकोे खण्डमा अन्य विश्वविद्यालयले र प्रधानमन्त्रीले समेत सोच्न सक्ने गरी लाग्नुपर्ने बताए ।

नेपाल मेडिकल काउन्सिलका रजिष्टार डा. कृष्णप्रसाद अधिकारीले नेपालमा ज्ञान भएका डाक्टर भए पनि सीप भएका डाक्टरको अभाव रहेको सुनाए । अहिलेको चिकित्सा क्षेत्रमा सिपको ठुलो चुनौति रहेको उनले बताए । ‘हाम्रो क्षेत्रमा अहिले ज्ञानी डाक्टर जति पनि भेटिन्छन् तर सिपालु डाक्टर भेटिदैन यो आजको निकै चुनौतिको विषय हो’उनले भने,‘ढंग भएका डाक्टर नै छैनन् अहिलेको परीक्षा भनेको सोध्ने हो जसले खररर् भन्न सक्यो त्यसैले जागिर पाउने हो यहाँ प्रयोगात्मक हुँदैन ।’

अहिले नेपालमा विविएस गरेकाले नाकमा ट्युव हाल्न नजान्ने र विए पढ्नेले निवेदन लेख्न जान्दैनन् । उनले मेडिकल चिकित्सा आयोग बने पनि अनौठो बनेको बताए । अहिले चिकित्सा क्षेत्रमा कानुन समेत बाधक बनेको उनकोठम्याई रहेको छ । उनले औषधि ऐन संशोधन नहुँदा समस्या खेप्न बाध्य भएको सुनाए । उनले अहिले संसदमा स्वार्थ समूहको प्रवेशले कनिकै समस्यया आइरहेको सुनाए ।

अब उनले नेपालमा सीप सहितको डाक्टर हुने बाए । पाठ्यक्रम तयार पार्दा पाकिस्तान, मलेसिया र अमेरिकाका स्वास्थ्य विषय विज्ञ तथा नेपालका ४९ जना विषय विज्ञलाई समेटेर विविएस तथा विडिएसको पाठ्यक्रम तयार गरिएको गण्डकी विश्वविद्यालयका डा. उमेश पराजुलीले जानकारी दिए । उनले देशमा रहेको विभिन्न रिर्सच सेन्टर तथा कलेजका नकरात्मक र कम्जोरी समेत पत्ता लगाई त्यो भन्दा विषेश किसिमको पठ्यक्रम तयार पारिएको बताए ।

डा. नुवादत्त सुवेदीले गण्डकीको साढे चार वर्षीय कोर्ष रहेको जानकारी दिए । उनले लामो पाठ्यक्रम रहेकाले विद्यार्थीमा असर पर्नसक्ने कुरालाई मध्येनजर गर्दै परामर्श गर्ने व्यवस्था समेत रहेको सुनाए । उनले पाठ्यक्रम शिक्षकमैत्री हुदैँ आएको कुरालाई चिर्दै पहिलो पटक विद्यार्थी मैत्री पाठ्यक्रको विकास गरिएको सुनाए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->