बागलुङ-नेपाली काँग्रेस गण्डकी प्रदेशका कोषाध्यक्ष तथा युवा नेता बसन्त कुमार श्रेष्ठले सुसंस्कृत समाज निर्माणका निम्ती आगामी स्थानिय तहको निर्वाचनमा काँग्रेसको नेतृत्व आवश्यक रहेको बताए । श्रेष्ठले सिंहदरबारको अधिकार गाउँमा आए पनि जनताले अधिकारको प्रत्याभुति गर्न नसकेका कारण काँग्रेस जनताको अधिकारको पक्षमा रहेको बताए । नेपाली काँग्रेस बागलुङ संचालन गरेको जनता सँग नेपाली काँग्रेस अभियान अन्तरगत बागलुङ नगरपालिका–८ सिगानामा भएको कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।
उनले काँग्रेस बागलुङले संचालन गरेका जनता सँग नेपाली काँग्रेस अभियानले जिल्ला भरी काँग्रेसको पक्षमा जनलहर छाएको बताए ।
कार्यक्रममा नेपाली काँग्रेस बागलुङ निवर्तमान सभापति दिपेन्द्र बहादुर थापा, पुर्व उपसभापति जगदिशचन्द्र उपाध्याय, काँग्रेस गण्डकी प्रदेश सदस्य शकुन्तला शर्मा, आमन्त्रीत सदस्य धुव्रराज गौतम, जिल्ला सदस्य टिकाराम कार्की, महाधिवेशन प्रतिनिधि नारायण शर्मा पौडेल विष्णु पौडेल दाह्री, क्षेत्रीय सभापति चण्डी प्रसाद शर्मा पौडेल, सचिव जयराम भारी, प्रदेश सभा (क) सभापति हरिबहादुुर जिसी सन्तोष बागलुङ नगरपालिकाका सभापति उमाकान्त शर्मा बाबु लगायतले बोलेका थिए ।
जैमिनी र विहुँमा अभियान सम्पन्न
नेपाली काँग्रेस बागलुङले संचालन गरेको जनता संग नेपाली काँग्रेस अभियान विहिबार जिल्लाको जैमिनी नगरपालिका ५ विनामारे काठेखोला र गाउँपालिका–५ विहुँकोटमा पनि कार्यक्रम संचालन भएको छ ।
विनामारेमा भएको कार्यक्रममा बोल्दै जैमिनी नगरपालिकाका नगर प्रमुख एवं नेपाली काँग्रेस गण्डकी प्रदेश समितिका सदस्य इन्द्रराज पौडेलले अगामी स्थानिय तहको निर्वाचनलाई लक्षित गरी जनता सँग नेपाली काँग्रेस अभियान संचालन गरिएको बताए ।
कार्यक्रममा नेपाली काँग्रेस बागलुङका सचिव हरिहर शर्मा, गण्डकी प्रदेश आमन्त्रीत सदस्य नवराज पौडेल, महाधिवेशन प्रतिनिधि ओमकार थापा, सिताराम रसाईली जैमिनी नगरपालिका–१ कुश्मिसेराका सभापति हरिप्रसाद आचार्य लगायनले बोलेका थिए ।
अभियानको उद्देश्यका बारेमा कार्यक्रमका संयोजक एवं जिल्ला सदस्य विष्णु आचार्यले स्पष्ट पारेका थिए ।
जनता सँग काँग्रेस अभियान विहिबार नै काठेखोला गाउँपालिका–५ विहुँमा पनि सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै काँग्रेस बागलुङका पुर्व पार्टी सभापति एवं पुर्व सांसद गोविन्द प्रसाद कंडेलले गाउँ–गाउँमा संचालन गरिएको हरेक गतिविधिले आम सर्वसाधारणलाई काँग्रेस प्रति आर्कषण बढाएको बताए । कंडेलले विपिको सिद्धान्तलाई आत्मसाथ गर्दै पार्टी भित्र गुटउपगुटको अन्त्य गरी आउँदा निर्वाचनमा आफ्नो पक्षमा जनतमत पार्न कार्यकर्तालाई आग्रह गरेका थिए ।
बरेङ जनता सँग काँग्रेस अभियान
नेपाली काँग्रेस बागलुङले संचालन गरेको जनता सँग नेपाली काँग्रेस अभियान विहिबार देखी जिल्लाको बरेङ गाउँपालिकामा पनि सुरुवात गरिएको छ । वडा नं. १ धुल्लुबास्कोटबाट सुभारम्भ भएको कार्यक्रममा बोल्दै नेपाली काँग्रेस बागलुङका सचिव हरिहर शर्माले जिल्ला व्यापी संचालन गरिएको यो अभियान स्थानिय तहको निर्वाचन लक्षित भएको बताए । उनले पार्टीको संगठन बलियो बनाउनकै निम्ती हरेक जनताको घरदैलोमा पुग्ने गरी काँग्रेसले अभियान संचालन गरेको बताए । शर्माले स्थानिय तह देखी केन्द्र सम्म काँग्रेसकै नेतृत्वमा हरेक महत्वपुर्ण काम र निर्णय भएका कारण आप्mना स्पष्ट धारणा राख्नका निम्ती अन्तरक्रिया तथा छलफलको माध्यमबाट जनता समक्ष पुगेको बताए । उनले विधि पद्धतिभित्र बसेर आम जनताले औपचारिक बहसमा उभिन जरुरी रहेको बताए । शर्माले काँग्रेसलाई बलियो बनाउनका लागि पार्टीको मेरुदण्ड नै तल्लो तहको संगठन भएको दाबी गरे ।
कार्यक्रममा काँग्रेसका महाधिवेशन प्रतिनिधि सिताराम रसाईलीले हरेक जनताको सुख दुःखको सारथी भनेकै काँग्रस रहेका कारण यसमा गौरवका साथ लाग्नका निम्ती सवैमा आग्रह गरे । कार्यक्रमा राष्ट्रिय जनमोर्चा लगायतका विभिन्न दल परित्याग गरी एक दर्जन कार्यकताए काँग्रेसमा प्रवेश गरेको सचिव शर्माले जानकारी दिए ।





