काठमाडौं /प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्धको महाअभियोग प्रस्ताव प्रतिनिधिसभा बैठकमा पेश भएको छ । महाअभियोगका प्रस्ताव एवं नेकपा माओवादीका प्रमुख सचेतक देवप्रसाद गुरुङले बैठकमा महाअभियोग प्रस्ताव प्रस्तुत गरेका हुन् ।
शक्ति पृथकीकरणको सिद्धान्त विपरीत गएकाले प्रधानन्यायाधीश राणाविरुद्ध महाअभियोग ल्याउनुपरेको भन्दै गुरुङले महाअभियोग प्रस्ताव दर्ता गर्नुको कारणबारे बैठकमा जानकारी गराएका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुको नाराबाजीकैबीच बैठकमा महाअभियोग प्रस्ताव पेश गरिएको हो ।





