पोखरा/ पोखरामा जारमा पाइने पिउने पानीको मूल्य बढेको छ । पानी व्यवसायीहरुले प्रति जार पानीको मूल्य बढाएर ३५ पु¥याएका हुन् । यसअघि उनीहरुले डिलरहरुलाई २० लिटरको जारको मूल्य २० रुपैयाँ नै राखेका थिए । उपभोक्ताले खुद्रा पसलबाट भने एक जार पानी ४० देखि ७० रुपैयाँसम्म किन्दै आइरहेका थिए । पानीको मूल्य बढेपछि डिलरहरुले विरोध जनाएका छन् ।





