आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

खेलकुद पत्रकार मञ्च गण्डकीमा दिनानाथ विजयी

खेलकुद पत्रकार मञ्च गण्डकीमा दिनानाथ विजयी


  • ढोरपाटन संवाददाता
  • चैत्र ५ २०७८, शनिबार

पोखरा–नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको अध्यक्षमा दिननाथ बराल विजयी भएका छन ।

उनले प्रतिद्वन्द्वी रन्जन अधिकारीलाई ९ मतले हराउँदै अध्यक्ष चयन भएका हुन । कुल ४९ मत खसेकोमा बरालले २९ मत र अधिकारीले २० मत प्राप्त गरेका हुन ।

अध्यक्ष बाहेक सबै पदमा सर्वसम्मत निर्वाचित भए । उपाध्यक्षमा सुरज श्रेष्ठ, महासचिवमा राजाराम पौडेल, सचिवमा शशीकुमार पौडेल, कोषाध्यक्षमा कविता घर्तीमगर र सदस्यहरुमा दिपकराज मुल्मी, नारायण शाही, उमेश पुन, मानबहादुर घर्ती (एमबी आस्था) र राजु गिरी सर्वसम्मत रुपमा निर्वाचित भएको निर्वाचन संयोजक सरिता तिमिल्सिना पंगेनीले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->