मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

मदन भण्डारी फाउन्डेसनको अध्यक्षमा उषाकिरण चयन

मदन भण्डारी फाउन्डेसनको अध्यक्षमा उषाकिरण चयन


  • ढोरपाटन संवाददाता
  • चैत्र ५ २०७८, शनिबार

काठमाडौं – मदन भण्डारी फाउन्डेसनको अध्यक्षमा उषाकिरण भण्डारी चयन भएकी छन्। शनिबार काठमाडौंमा सम्पन्न तेस्रो राष्ट्रिय सम्मेलनबाट मदन भण्डारीकी छोरी उषाकिरण अध्यक्ष बनेकी हुन्। फाउन्डेसनको सचिवमा पेम्बा लामा र कोषाध्यक्षमा चिन्तमणी भट्टराई चयन भएका छन्।

फाउन्डेसनको सदस्यहरूमा खुलातर्फ भेषराज अधिकारी, प्रेम सागर, शंकर भण्डारी, महेन्द्र बहादुर पाण्डे, सुशील प्याकुरेल, बिमला राई पौडेल, डेगेन्द्र पाण्डे, टीका ढकाल, कृष्ण भण्डारी, रामशरण प्याकुरेल, घनश्याम कोईराला, मिलन धरेल, अमरध्वज लामा, डा. कुन्दन अर्याल, डा. कैलाश भण्डारी, डा. कालू सिंह खत्री र
मिना भण्डारी रहेका छन ।

प्रदेशतर्फका सदस्यहरुमा प्रदेश १ बाट गोपाल गुरागाई, खेमराज पोखरेल, मन्जु चौधरी र किशोरचन्द्र दुलाल, मधेस प्रदेशबाट राजमहमद राज, बिना साह र सरोज यादव, वागमती प्रदेशबाट शिवकुमारी गोतामे, सरिता नेउपाने,
खेम लोहनी, वालकृष्ण शिवाकोटी, गोपाल श्रेष्ठ, दिपक सुवेदी र रामशरण ढुंगाना, गण्डकी प्रदेशबाट दामोदर बैरागी र डा. निर्मल विश्वकर्मा, लुम्बिनी प्रदेशबाट बल बहादुर आचार्य, राम बहादुर राउत र मिना बुढा, कर्णाली प्रदेशबाट टीका बिस्ट र प्रा. डा. नन्द ब सिंह, सुदूरपश्चिम प्रदेशबाट हरदेव जोशी र सरस्वती नेपाली चयन भएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->