पोखरा/ महिला तथा बालकल्याण कुञ्ज पोखरा १३ कुँडहरको आयोजना तथा पोखरा महानगरपालिकाको सहकार्यमा महिला हिंसासम्बन्धी २ दिने सचेतना कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा ८२ जना महिलाहरुको सहभागिता थियो ।
चैत्र ५ र ६ गते भएको कार्यक्रममा महिला हिंसासम्बन्धी पूर्ण जानकारी एवं कानूनी हक अधिकारको बारेमा छलफल भएको सस्थाकी अध्यक्ष मैया सिग्देलले जानकारी दिइन् ।





