मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

पोखरामा न्यायिक समितिको राष्ट्रिय सम्मेलन

पोखरामा न्यायिक समितिको राष्ट्रिय सम्मेलन


  • ढोरपाटन संबाददाता
  • चैत्र ९ २०७८, बुधबार

पोखरा/ देशभरका पालिकाका उपप्रमुख÷उपाध्यक्षहरु पोखरामा भेला हुने भएका छन् । स्थानीय तहमा निर्वाचित भएपछि न्यायिक समितिको संयोजकको रुपमा न्याय सम्पादनमा भैरहेका असल अभ्यास र चुनौतीहरुबारे अनुभव अदान प्रदान गर्ने उद्देश्यले पोखरामा जम्मा हुने भएका हुन् ।

देशभरका उपप्रमुखहरुलाई एकैथलोमा जुटाउने काम पोखरा महानगर न्यायिक समितिले गर्दैछ । संविधानमै व्यवस्था भएको न्यायिक समितिको जिम्मेवारी सम्हालेका ७५३ वटै स्थानीय तहमा कसरी न्याय सम्पादन गरिरहेका छन, यसका असल अभ्यास र चुनौतीहरुबारे एकै थलोमा जम्मा भएर छलफल गर्ने उद्देश्यले सम्मेलन आयोजन गरिएको पोखरा महानगरकी उपप्रमुख मञ्जुदेवि गुरुङले बताइन् ।

उपप्रमुख गुरुङले चैत १४ गते पोखरा सभागृहमा हुने सम्मेलनको राष्ट्रपति विद्यादेवि भण्डारीले उद्घाटन गर्ने कार्यक्रम तय भएको जानकारी दिइन् । ‘स्थानीय तहरुमा न्यायिक समिति नयाँ पनि हो त्यसैले न्याय सम्पादनमा भएका असल अभ्यास र चुनौतीहरुबारे अनुभव साँटासाँट गदै कमी–कमजोरीहरु सुधार गर्नुपर्ने विषयमा छलफल गरेर घोषणापत्र सार्वजनीक गर्ने छौँ’,उनले भनिन् ।

सम्मेलनलाई व्यवस्थित रुपमा सम्पन्न गर्न उपप्रमुख गुरुङको संयोजकत्वमा मुल समिति र विभिन्न ८ वटा उपसमितिहरु गठन गरेको
महानगरका प्रमुख प्रशासकीय अधिकृत एवं सम्मेलनका सदस्य सचिव बलराम रिज्यालले जानकारी दिए । पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले देशभरका पालिका उपप्रमुखहरु पोखरा आउँदा यहाँको प्रवद्र्धन हुने आशा व्यक्त गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->