मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

गलकोटमा लैंगिक हिंसाविरुद्धको अभियान

गलकोटमा लैंगिक हिंसाविरुद्धको अभियान


  • ढोरपाटन संबाददाता
  • चैत्र ९ २०७८, बुधबार

बागलुङ/ गलकोट नगरपालिकाले नगर भित्र लैंगिक हिंसा न्यूनीकरणको लागि सचेतना कार्यक्रम आयोजना गरेको छ । ‘घरबाट सुरु गरौं, महिला हिंसा अन्त्य गरौं’ भन्ने नाराका साथ गलकोट ७ मल्ममा मंगलबार सचेतना कार्यक्रम आयोजना गरिएको हो ।

सचेतना कार्यक्रममा गलकोट नगरपालिका वडा नं ७ स्थित महिला समूहका झण्डै ६० जनाको सहभागिता रहेको महिला जागरण केन्द्र मल्मका अध्यक्ष ललिता थापाले बताइन् । कार्यक्रममा बोल्दै गलकोट नगरपालिकाका नगर उपप्रमुख रेणुका काउचा मगरले लैंगिक हिंसा न्यूनीकरण गर्न हाम्रो सोच र व्यवहारमा सकरात्मक परिवर्तन गर्नुपर्ने बताइन् । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद शर्मा, गलकोट नगर कार्यपालिका सदस्य शिव कुमारी खत्री, गलकोट नगरपालिका वडा नं ७ का कार्य बहाक वडा अध्यक्ष लोक बहादुर थापा, वडा सदस्य मिना दर्जीले शुभकामना मन्तव्य राखेका थिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->