मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

मनिपालका कर्मचारी पुनः आन्दोलित

मनिपालका कर्मचारी पुनः आन्दोलित


  • ढोरपाटन संवाददाता
  • चैत्र १० २०७८, बिहिबार

पोखरा / पोखराको मनिपाल अस्पतालका कर्मचारीहरु पुनः आन्दोलित भएका छन् । प्रशासनले सम्झौता गर्ने तर सुत्केरी,कृयालगायतका विदा, अतिरिक्त पारिश्रमिक नदिएको जिकिरसहित कर्मचारी युनियनहरुले आन्दोलन घोषणा गरेका हुन् । आन्दोलनको क्रममा  विरामीलाई असर नपर्ने गरी संस्था प्रमुख र सहायकको कार्यकक्षमा तालाबन्दी गरेको जिकिर गरेका छन् ।
श्रम ऐन २०७४ तथा सोही ऐन अनुरुप संस्था र कर्मचारी युनियनबीच भएका संझौता अनुसार पाउन पर्ने सेवा–सुबिधाबाट कर्मचारीलाई बन्चित गरिएको आरोप लगाउँदै त्यहाँ अस्तित्वमा रहेका कर्मचारीहरुको साझा संस्था मनिपाल कर्मचारी युनियन समन्वय समिति आन्दोलित बनेको हो ।

जीवनबहादुर थापा अध्यक्ष रहेको सो समितिसहित मनिपाल स्वतन्त्र स्वास्थ्य कर्मचराी युनियनका अध्यक्ष नवराज भण्डारी, नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनका अध्यक्ष अमृतबाबु पौडेल,अखिल नेपाल श्रमिक संघका अध्यक्ष कमलप्रसाद अधिकारीले संयुक्तरुपमा जारी गरेको विज्ञप्तिमा उपदान नदिएकोलगायतका आरोप लगाइएको छ । माग पूरा नभए अझ कडा आन्दोलन गर्ने चेतावनी पनि उनीहरुको रहेको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->