आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

चुनावबाट को को छानिए माओवादी गण्डकी प्रदेश पदाधिकारीमा ?

चुनावबाट को को छानिए माओवादी गण्डकी प्रदेश पदाधिकारीमा ?


  • ढोरपाटन संवाददाता
  • चैत्र १० २०७८, बिहिबार

पोखरा-प्रदेश अधिवेशनको लामो समयसम्म पनि सहमती नजुटेपछि नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गण्डकीले प्रदेश पदाधिकारी निर्वाचन गरेर छानेको छ । मतदानद्धारा बिजयी हुनेहरु अधिकांश जनयुद्धमा नै नेतृत्व गरेका र भाग लिएका ब्यक्तिहरु छन् । पार्टीको प्रदेश अध्यक्षमा यस अगाडि नै भएको निर्वाचनमा गायत्री गुरुङ विजयी भइसकेकी छिन् ।

बुधवार राती भएको मतदानमा पर्वतका गुणाखर बस्याल सरोजले उपाध्यक्षमा सर्वाधिक मत प्राप्त गरेर विजयी भएका छन् । उपाध्यक्ष ३ पदका लागि भएको निर्वाचनमा बस्यालले १२० मत, बागलुंगका ज्ञामनाथ गैरे अनिलले ९३ मत र नवलपुरका मित्रशरण शर्माले ९० मत ल्याएर बिजयी भएका छन् । उपाध्यक्षका प्रतिस्पर्धी लोक प्रसाद बन्जराले ४८, गंगा पोख्रेलले ४७, केशव पौडेलले ३३ र गीता शाहीले ६२ मत प्राप्त गरेका छन् ।

यसैगरी सचिव १ पदका लागि भएको निर्वाचनमा गोर्खाका जगन्नाथ खनालले १०० मत प्राप्त गरी बिजयी बनेका छन् । प्रस्पर्धी बिष्णु भट्टले ७४ मत पाएका छन् ।

प्रदेश सहसचिव ३ पदका लागि भएको निर्वाचनमा अतिन्द्र केशरी न्यौपानेले ११३, मेख वहादुर भण्डारी १०४ र टेक वहादुर विकले १०९ मत ल्याई बिजयी बनेका छन् । प्रतिस्पर्धी कल्पना अर्यालले ६६, राज कुमार दुलालले ५१ र जीवन खातीले २३ मत प्राप्त गरेका छन् ।

कोषाध्यक्ष १ पदका लागि भएको निर्वाचनमा तारा भुसालले ११९ मत प्राप्त गरी बिजयी बनेका छन् भने प्रतिस्पर्धी भिम वहादुर विकले २३ र मेख वहादुर विकले ३२ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->