मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

बलात्कार आरोपित पल जेल चलान

बलात्कार आरोपित पल जेल चलान


  • ढोरपाटन संवाददाता
  • चैत्र ११ २०७८, शुक्रबार

तनहुँ/ नाबालिग बलात्कार आरोपित पल शाह (पूर्णविक्रम शाह)लाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ । थुनछेक बहस सकिएपछि बिहीबार जिल्ला अदालत तनहुँका न्यायाधीश हरिश्चन्द्र ढुङ्गानाको इजलासले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको जिल्ला न्यायाधिवक्ता रामचन्द्र शर्माले जानकारी दिए ।

बलात्कार मतियारका अभियोग लागेका पलका म्यानेजर कृष्ण जोशीलाई भने १ लाख धरौटीमा छाड्न आदेश भएको शर्माले बताए । जिल्ला अदालतको इजलासमा बुधबार र बिहीबार थुनछेक बहस भएको थियो । पीडित नाबालिगका तर्फबाट जिल्ला न्यायाधिवक्ता रामचन्द्र शर्मा, अधिवक्ताहरु राधिका खतिवडा, मोहना अन्सारी, किशोर सापकोटा, सरिता तिवारी, टेकनारायण गौतम, विमल लामिछाने, सहायक जिल्ला न्यायाधिवक्ता विपिनराज तिवारी र अधिवक्ता शिवराज काप्mलेले बुधबार बहस गरेका थिए ।
यता पलका पक्षबाट वरिष्ठ अधिवक्ता कमलामोहन वाग्ले, यदुनाथ खनाल, लव मैनाली, अधिवक्ताहरु भानुभक्त सुवेदी परशुराम गिरी, बार एसोसिएसन तनहुँका अध्यक्ष अधिवक्ता भानुभक्त सुवेदी, यज्ञबहादुर राना, सरिता भण्डारी, माधव घिमिरेलगायत १२ जनाले बहस गरेका थिए ।

दुवैतर्फका कानून व्यवसायीको थुनछेक बहस सकिएपछि पल र उनका म्यानेजरलाई कारागार पठाउने आदेश आएको हो । जिल्ला सरकारी वकिलको कार्यालय तनहुँले पलविरुद्ध अधिकतम १४ वर्ष कैद सँजायको माग गर्दै मंगलबार अभियोग पत्र अदालतमा दर्ता गरेको थियो । अदालतले सोही दिन पलसँग बयान लिएको थियो भने मतियारका रुपमा पेश गरिएका उनका म्यानेजर कृष्ण जोशीसँग बुधबार बयान लिएको थियो ।

नाबालिग गायिकाले झुटो प्रेमको बहाना गरेर पोखरा, तनहुँ र नवलपुरमा पटक पटक पलले बलात्कार गरेको भन्दै उनका परिवारले तनहुँ प्रहरीमा उजुरी दिएको थियो । परिवारले फागुन ११ गते उजुरी दिएपछि बेपत्ता भएका पल १५ गते तनहुँ प्रहरीमा आत्मसमर्पण गर्न पुगेका थिए । पीडित परिवारले नवलपुर प्रहरीमा पनि १५ गते जाहेरी दिएका थिए । नवलपुर प्रहरीले अनुसन्धान पुरा गरी सरकारी वकिलको कार्यालयमार्फत् चैत ३ गते जिल्ला अदालतमा मुद्दा दर्ता गरिसकेको छ । तनहुँ अदालतले पूर्पक्षका लागि कारागार पठाएपछि अब नवलपुर अदालतमा थुनछेक बहस सुरु हुने नवलपुरका सरकारी वकिल डालबहादुर नेपालीले बताए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->