आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

लागुऔषध खोज्न मध्यरातमा अदालत !

लागुऔषध खोज्न मध्यरातमा अदालत !


  • ढोरपाटन संवाददाता
  • चैत्र ११ २०७८, शुक्रबार

पोखरा/ वैदाम प्रहरीको सुरक्षा माथि नै प्रश्न उब्जने गरी रातको समयमा अदालतमा प्रवेश गरी तोडफेड गर्ने व्यक्ति पक्राउ परेका छन् ।
लागुऔषध पाउने आसमा अदालतमा प्रवेश गरेका पटके अर्जुन परियारलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको पूर्ण सुरक्षाको व्यवस्था रहेको अदालतमा एकाएक व्यक्ति पसेर ताला फोड्दा समेत थाहा नपाउनु गम्भीर विषय हो । यद्यपि, प्रहरीले आरोपितलाई पक्राउ गरिसकेको छ ।

पोखरा १५ टुटुङ्गाका २७ वर्षीय अर्जुनका लागि प्रहरी चौकी र कारागार घरजस्तै भएको छ । उनका लागि अदालत भनेको खाजाखान जाने स्थानजस्तै भयो । विभिन्न मुद्दामा पटकपटक कार्वाहि भोगिरहेका परियार प्रत्येक वर्ष प्रहरीको हिरासतमा पुगेकै हुन्छन् । जिल्ला अदालत कास्कीलाई नजिकबाट नियालेका उनले अदालत परिषरमा लागुऔषध नष्ट गर्ने स्थान पनि रामै नियालेका थिए । कसले कहाँ कसरी लैजान्छ भन्ने कुरा उनको आँखाले देखिसकेको थियो । उनी १७ दिन अघिमात्रै थुनामुक्त भएका थिए । लागुऔषध कसुरमा नै वडा प्रहरी कार्यालय वैदामले नै २ वर्ष अघि चैत ९ गते पक्राउ गरेको थियो । लामो समय कारागार बसेका उनी दुईहप्ता हुन नपाउँदै पुनः पक्राउ परेका छन् ।

अदालतको पूर्वपट्टि लागुऔषध नष्ट गर्ने गरिन्छ । उक्त क्षेत्रलाई राम्रै नियालेका उनले सुरुमा त्यहाँ लागुऔध खोज्न पुगेका थिए । त्यहाँ लागुऔषध फेनारगन र डाइजापाम भेटेपछि उनी अदालतभित्र प्रवेश गरे । अदालतभित्रै रहेको एक फलामको रडको प्रयोग गरेर ताला फोडे अनि लथालिङ्ग पारेर लागुऔधष खोजे ।

उनले इजलाश नम्बर १ र ६ मा तोडफोडसमेत गरेका हुन् । प्रमुख जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईले हेर्ने १ नम्बर इजलाशको ६ नम्बर फाँट हो । उनी अदालतको पछिल्लो भागबाट प्रवेश गरेको बयानमा उल्लेख गरेका छन् । आफूलाई लेखपढ समेत नआउने बताएका परियारले फाइल र मिसिलसँग कुनै सरोकार नै नरहेकोसमेत बताएका छन् । ‘मैले लागुऔषध खोज्दा फेनारगन र डाइजापाम भेटेँ (डिस्पोज गर्ने ठाउँमा) । अदालतमा जादाँ त्यहाँ राख्ने गरेको देखेको थिए । त्यसैले गएको हुृँ ’,उनले भने ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख रमेश थापाले लागुऔषधका लागिमात्र प्रवेश गरेको बताए । ‘उनका लागि चौकी घरजस्तै हो आउने जाने निकै भएको छ । अवसर पाउने वित्तिकै घटना गर्न लागि परिहाल्छन्’m थापाले भने,‘ उनले अन्य कुनैपनि कागजात तथा मिसिल चोरेको देखिएन । हामी अदालतसंग निरन्तर सम्पर्कमै छौँ । ’

परियार २०७३ साल जेठ ६ गते अभद्र व्यवहार मुद्दामा, २०७३ साल भदौ १५ गते पुनः रामबजारमा अभद्र मुद्दामै, असोजमा जिल्ला प्रहरी कार्यालय कास्कीमा चोरी मुद्दामा, ०७४ कात्तिक २१ गते लागुऔषध मुद्दामा, ०७४ कै माघ १७ गते रुपेन्देहीमा अभद्र मुद्दामा, ०७५ असार २५ गते लागुऔषध तथा ०७६ मंसिर २ गते वैदामा अभद्र व्यवहारमै कारवाही भोगेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->