बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

मधुमेह सम्बन्धि पत्रकारहरुलाई अभिमुखीकरण

मधुमेह सम्बन्धि पत्रकारहरुलाई अभिमुखीकरण


  • ढोरपाटन संवाददाता
  • चैत्र १२ २०७८, शनिबार

नेपाल विकास समाजको आयोजनामा पोखरामा पत्रकारहरुका लागि मधुमेह रोकथाम तथा व्यवस्थापन सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

१ दिने अभिमुखीकरण कार्यक्रममा मधुमेह लाग्ने र मुधुमेह लागेपछि के गर्ने भन्नेबारे अभिमुखीकरण गरिएको थियो ।

अभिमुखीकरण कार्यक्रममा बोल्दै नेपाल विकास समाजका प्रतिनीधि पवित्र बाबु स्वतीले मधुमेह समयमै चिन्न नसके स्वास्थ्यलाई निकै जोखिम रहेको बताए ।

उनले मधुमेहका कारण हृदयघात हुने र वार्षिक रुपमा विश्वमा करोडौ मानिसको मधुमेहकै कारण मृत्यु हुने गरेको सुनाए ।
मधुमेहलाई विशेष गरी ३ प्रकारमा वर्गिकरण गरिएको छ ।

पहिलो प्रकारको मधुमेह भनेको वंशजबाट सर्ने हो । जुन ८ वर्षदेखी १४ वर्ष उमेर समूहका बालबालिकालाई लाग्ने गर्दछ । दोस्रो चरण भनेको उमेर बढ्दै गएपछि देखिने हो ।

नेपालाम दोस्रो चरणको मधुमेह रोगिको संख्या निकै रहेको छ । सन्तुलित खानपान र शारीरिक व्यायम नहुँदा बढि रोगि हुन् पुगेका हुन् । सन्तुलित आहारविहारमा समयमै ध्यान दिन नसक्दा धेरै नागरिक यस्को सिकार बन्न पुगेका छन् ।

तेस्रो भनेको गर्भवती महिलामा देखिने मधुमेह हो । महिलाहरु गर्भवती भएको ३ देखि ६ महिनासम्मा मधुमेह देखिने गर्दछ । त्यसपछि विस्तारै हराउँदै जानेभएपनि खानपानमा ध्यान दिन सकेन भने भविष्यमा मधुमेहको खतरा बढ्ने उनले बताए ।

समाज गैरसरकारी संस्था हो । संस्थाको परिचय दिदैँ स्वतीले विशेष गरी पोखरा महानगरपालिकाको वडा २६ देखि ३३ नम्बरको वडासम्म विभिन्न स्वास्थ्यको क्षेत्रमा काम गर्दै आइरहेको छ ।

त्यो बाहेक संस्थाले रुपा गाउँपालिकामा हेल्मेट डाक्टरको अभियान संचालन गरिरहेको छ । कोभिडको बेल दिर्घ रोगिहरु पोखरासम्म औषधीका लागि आउन सक्ने स्थिति नहुदाँ हेल्मेट डाक्टरको अभियान सुरु गरेको उनले जानकारी दिउ ।

गाउँपालिकामा विरामीहरुका लागि एक चिकित्सक सहितको टोली ओषधी सहित पठाउने भएकाले उक्त अभियानको नाम हेल्मेट डाक्टर राखिएको स्वतीले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->