आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

काम नसकिदै हस्तान्तरण गर्न हतारो ,३ समस्या समाधान नभए उडान गर्न असम्भव

काम नसकिदै हस्तान्तरण गर्न हतारो ,३ समस्या समाधान नभए उडान गर्न असम्भव


  • विजय नेपाली
  • चैत्र १२ २०७८, शनिबार

राष्ट्रिय गौरव योजना अन्तरगतको पोखरा अन्तराष्ट्रिय विमान स्थलको निमार्ण चरणमा थुप्रै मन्त्रीहरुको आगमन भयो ।

विमान स्थलको अवलोकन तथा निरिक्षण गर्न देशका प्रधानमन्त्री केपी ओली, शेरबहादुर देउवादेखी पर्यटन मन्त्रीहरु र प्रदेशका मन्त्रीहरुको आगमनमा लर्को नै चल्यो ।

जो आउँछ विमानस्थल समयमै सकिने र छिट्टै सञ्चालनमा आउने आस्वासन दिदैँ सेल्फी खिच्ने अनि जाने काम गरे ।
चीन सरकारले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आज नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।

चीनका विदेशमन्त्री वाङ यीले शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवालाई विमानस्थलको सुनको चावीँ हस्तान्तरण गरेका हुन् ।

भर्चुअल मार्फत भएको कार्यक्रमका लागि नेपाल सरकारका र्यटन तथा नागरिक उड्यनमन्त्री प्रेम आले पोखरा आएका थिए ।

उनले पोखरामा सञ्चालन हुने विमानस्थलले यहाँको आर्थतन्त्रमा फड्को मार्ने बताउँदै स्व. पुर्व पर्यटन मन्त्री रविन्द्र अधिकारीलाई समेत सम्झिए ।

तर, विमान स्थल सञ्चालनका लागि मुख्यतयः विमानस्थलको पुर्वी क्षेत्रमा रहेको डम्पिङ क्षेत्र स्थानान्तरण गर्न अत्यावश्यक छ । स्थानान्तरण अर्थात पोखरा १४ बाट नहटेसम्म विमानस्थल सञ्चालनमा आउन सक्दैन् ।

अर्को समस्या भनेको रिठ्ठेपानीको डाडाँ हो । अहिलेसम्म उक्त डाडाँ कटान हुन सकिरहेको छैन् । विमान स्थल बन्दै गर्दा यहाँको बातावरण, संस्कृति, चराचुङ्गी र प्याराग्लाइडिङमा ठुलो संकट आएको छ ।

अर्को समस्या भनेको सिचाईँ नहरको हो । सिचाईँ नहरले वर्षेनी विमानस्थलको पूर्वी तट्मा कटान गरिरहेको छ । त्यसको समाधानका लागि अहिले काम भइरहेको छ ।

ल्याण्डफिल्ड हटाउने अधिकार निमार्ण कम्पनीलाई छैन । पोखरा महानगरपालिकाको अधिकारको कुरा भएकाले काम ढिला भएको छ । आगामी नयाँ वर्षदेखि त्यहाँ फोहोर नफाल्न निमार्ण कम्पनीले आग्रह गरेपनि ठोस रुपमा भने महानगरले काम अघि बढाउन सकेको छैन् ।

पर्यटन मन्त्री पे्रम आलेले ल्याण्डफिल्ड साइड तत्कालै हटाउनका लागि संघीय सरकारले समेत सहयोग गर्ने बताए । ‘ल्याण्डफिल्ड साइट चाडै हटाउनपर्ने जरुरी छ त्यसपछि रिठ्ठेपानीको डाडाँको कुरा छ यसलाईपनि हटाउनका लागि क्याविनेटबाट हुन्छ के गरेर हुन्छ प्रक्रिया अगाडी बढाउँछौँ’उनले भने,‘सिचाईँ विभागसंग हाम्रो पनि कुरा भएको छ हामी बजेट विनियोज गर्छौ भन्नुभएको छ ।

अब हामीले पनि बजेट ल्याउँदै छौँ त्यो बेला बजेटमा गर्छौ भन्ने छ । हाम्रो काम भनेको विमानस्थल निमार्ण गर्ने हो । हाम्रो काम सकिसक्यो अब सिचाईँ मन्त्रालयले पनि ध्यानदिन पर्छ ।’

अबको ६ महिना सञ्चालन गर्न लाग्ने अनुमान उनले लगाए आयोजना प्रमुख प्रदिप अधिकारीले १ खर्बको जग्गा विमानस्थलको नाममा रहेको बताउँदै डम्पिङ साइड नै मुख्य चुनौती रहेको बताए ।

आफुहरुसंग अधिकार नभएको र महानगरले तदारुकता देखाएर काम नगर्दा ढिला भएको उनको भनाई थियो ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख विनेश मुनकर्मीले ६ महिना अघि विमान उडान नहुने बताए । उनले विभिन्न सुरक्षाका हिसाबले पनि आधिकारीक नभएपनि असारमा काम सम्पन्न हुने र त्यसको ६ महिनापश्चात बल्ल उडान भर्न सकिने बताए ।

चिनिया कम्पनी सिएएमसीईका पोखरा आयोजना प्रमुख लि हाई चिङले पोखरेलीको वर्षौ देखीको सपना पुरा भएको सुनाए । उनले आज विमानस्थल हस्तान्तरण गर्न पाउँदा निकै खुसी महसुस भएको सुनाए ।

कम्पनीले विश्वभर अहिलेसम्म एक सय बढि योजना बनाई सकेको र त्यसले त्यहाँको अर्थतन्त्रको विकास भएको भन्दै अब पोखराको पनि अर्थतन्त्रमा ठुलो विकास हुने भनाई राखे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->