पोखरा\अन्नपूर्ण गाउँपालिका १०÷११ मा रहेको जनप्रेमी आधारभुत विद्यालयलाई ब्रेज मेश्रो घान्द्रुक समाज जापानले आर्थिक सहयोग गरेको छ ।
जीर्ण रहेको विद्यालयको व्यवस्थापन र संरक्षणको लागि ब्रेज मेश्रो घान्द्रुक समाज जापानले १ लाख ६६ हजार १ सय रुपैया सहयोग हस्तान्तरण गरेको हो ।
समाजका पूर्वअध्यक्ष बुद्धि गुरुङले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रबहादुर विक, प्रधानाध्यापक बाबुराम सापकोटा र विद्यालय निर्माण समितिका संयोजक सोम गुरुङलाई संकलित सो रकम हस्तान्तरण गरे । विद्यालयमा हात ८० विद्यार्थी अध्ययनरत छन् भने १० जना शिक्षकले अध्यापन गराउदै आएका छन् ।





