पोखरामा न्यायिक समितिको राष्ट्रिय सम्मेलन सुरु भएको छ ।
देशभरका स्थानीय तहका न्यायिक समिति संयोजकहरुको सहभागिता रहेको सम्मेलनको उद्धघाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरिन् ।
देशभरबाट नगरपालिका तथा गाउँपालिका उपप्रमुखहरुको सहभागिता भइरहँदा कांग्रेसले भने बहिष्कार गरेको हो ।
पोखरा महानगरपालिका वडा ९ का वडा अध्यक्ष तथा प्रमुख दल सचेतक समेत रहेका राजराज लामिछानेले स्वार्थपुर्तिका लागि सम्मेलनको आयोजना गरेको आरोप लगाए । उनले न्यायक समितिले कांग्रेसलाई नडाकेको र समितिमा समेत कांग्रेसलाई सहभागिता गराएको बताए । उनले सम्मेलन चुनावी एजेन्डा रहेको बताए ।
सम्मेलनमा पोखराको त्रिवर्षिय योजनाको पुस्तिका समेत सार्वजानिक गरेको छ । सम्मेलनमा २ सय भन्दा बढी न्यायिक समितका संयोजक तथा सदस्यहरुको सहभागिता रहेको छ ।