आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

चार दमकलका ड्राइभर दुई जना मात्रै !

चार दमकलका ड्राइभर दुई जना मात्रै !


  • ढोरपाटन संवाददाता
  • चैत्र १७ २०७८, बिहिबार

पोखरा/ पोखरा महानगरमा अहिले ४ वटा दमकल छन् । २०६७ अघिसम्म एउटा दमकलका लागि चालक दल सहित १७ जनाको फायर फाइटिङ टिम थियो । १२ घण्टा एउटा टिम र १२ घण्टा अर्कोटिमले काम गर्दै २४ सं घण्टा सेवा प्रवाह गरिरहेको थियो । त्यतिबेला त्यहाँका चालक तथा आगो नियन्त्रण गर्ने टोलीलाई दमकलको अभाव थियो । अहिले दमकलको अभाव छैन ।

२०७४ सालमा चाइनाले २ दमकल सहयोग ग¥यो । त्यसपछि २०७५ सालमा भारतले एक दमकल पोखरालाई सहयोग ग¥यो । त्यो बाहेक रोटरी क्लबले २०७१ सालमा सानो रेस्क्यु दमकल सहयोग ग¥यो । त्यसपछि पुरानो दमकल थन्कियो नयाँ दमकल चलाउन सुरु गरियो ।

विडम्बना अहिले दमकल छन् चालक छैनन् । फायर फाइटर पनि छैनन् । ११ वर्ष अघि १ दमकलका लागि १७ जनाको टोली रहेको आकस्मिक सेवा वारुण यन्त्रमा अहिले ४ दमकल १२ जना कर्मचारी रहेका छन् । विगत ४ महिनादेखी त दुई दमकल चालकमात्रै छन् । दमकल चालककै अभाव खड्किएको छ फायर फाइटरको त परको कुरा । यो विषय प्रति महानगरपालिकाले ध्यानै दिएको देखिदैन् । महानगरपालिका यतिसम्म गैरजिम्मेवारी भएको छ की मेयरको संयोजकत्वमा गठन गरेको विपद् व्यवस्थापन समितिको बारेमा आकस्मिक सेवा उपशाखालाई थाहै छैन् । यस विषयमा उनीहरु अनविज्ञ छन् ।

१७ वर्षदेखि निरन्तर दमकल चलाउँदै आएका राजेन्द्र गिरीलाई यतिबेला घरमा प्रश्नको ओइरो लाग्ने गर्छ २४ सै घण्टा खटिएपछि तलब त रामै्र होला किन घर नल्याएको ? बाहिर नै फुलमास गर्नुहुन्छ ? उनीसंग त्यसको जवाफ नै छैन् । मौन हुन्छन् । कुरा हुने भनेकै फोनमा हो । घरजाने त लगन नै जुराउनुपर्ने बाध्यता छ । घर जाउँ कतै आकस्मिक रुपमा जान पर्लाभन्ने पिर नजाउँ परिवारको किचकिच ।
उनीसंगै अर्का चालक इन्द्र प्रसाद रिमालको पनि समस्या र बाध्यता त्यहि नै छ । नागरिकको सेवाका लागि २४ घण्टा नै तमतयार हुनुपर्ने उनीहरु दुई जनाको घरमा जानैपर्ने आकस्मिक त्यस्तो काम वा केहि भइहाले र त्यहि समयमा कतै आगलागि भइहाल्यो भने दमकल जान असम्भव छ । कारण हो दमकल चालकको अभाव ।

पोखरा महानगरपालिकाले आकस्मिक सेवा उपशाखा त खडा ग¥यो तर त्यो आकस्मिक सेवा भने महानगरपालिकालाई सेतो हात्ती हुन पुगेको छ । दमकल चालक खडकिएको करिब पाँच महिना वित्न लाग्यो । अहिलेसम्म महानगरपालिकाले दमकल चालक राख्न सकिरहेको छैन् ।

चैत बैशाखलाई आगलागीको जोखिम रहेको महिनाको रुपमा लिइन्छ । पोखरा महानगरपालिकामा आगलागिका लागि भनेर ३ ठुला दमकल र १ सानो रेस्क्यु दमकल छन् । तर महानगरका ४ दमकलका लागि २ जनामात्रै चालक रहेका छन् ।
विपद् जोखिम मध्येको आगलागि नियन्त्रणका लागि पर्याप्त मात्रामा दमकल रहेपनि त्यसलाई आवस्यक पर्ने कर्मचारीको भने निकै अभाव छ ।

दमकल चलाउने चालकको अभाव भएपछि दुई जना चालक २४ सै घण्टा खटिन पर्ने बाध्यता छ । उनीहरुले न त विदा नै पाउँछन् न त उनीहरुको परिश्रम अनुसारको सुविधानै ।
फायर फाइटिङ भन्दा पहिला दमकल चालकको आवश्यकता निकै रहेको छ । १ जना फायर फाइटिङको कमी हुदाँ फरक नपरे पनि चालक कमी हुदाँ ठुलो समस्या आइलाग्ने चालक राजेन्द्र गिरीले बताउँछन् । उनले नागरिक तथा प्रहरीको सहयोगमा पानीको पाइप समाउन सकिने भएपनि घटना भएको स्थानसम्म जानका लागि भने चालकको नै आवस्यकता पर्ने बताए । अर्का चालक इन्द्र प्रसाद रिमालले पनि चालकको अभाव रहेको सुनाए । उनले दमकल लिएर हिडँदा बाटोमा समेत सवारीले बाटो नछाडिदिने समस्या खेप्न बाध्य भएको बताए ।

गत आर्थिक वर्षमा १ सय ८४ आगलागिका घटना कास्कीमा घटेका थिए भने चालु आर्थिक वर्षमा ५५ आगलागिका घटना घटेका छन् । अघिल्लो वर्षको तुलनामा अहिले घटना कम भएपनि अब सिजन सुरु भएकाले घटना बढ्ने अनुमान गरिएको छ ।
वर्षेनी पोखरामा आगलागिका घटना हुने गरेपनि महानगरलाई भने मतलब छैन ।

११ वर्ष अघि १ वटा मात्र दमकल हुदाँ १७ जनाको टोली रहेको थियो तर अहिले भने ४ दमकलका लागि जम्मा १२ जना चालक दलसहितको टोली रहेको आकस्मिक सेवा उपशाखा दमकलका इन्चार्ज रामजी केसीले जानकारी दिए । चालक २ जना मात्रै रहेका कारण आफु स्वयम्ले दमकल चलाउन बाध्य भएको उनले सुनाए । उनलाई दमकल चलाउने अधिकार नै छैन तर, दुई दमकल तनहुँजादाँ पोखरामा आगलागि हुदाँ उनले आगो नियन्त्रणका लागि जान बाध्य भएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->