आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

रेडियो नेपाल पोखरामा व्याडमिन्टन प्रतियोगिता सम्पन्न

रेडियो नेपाल पोखरामा व्याडमिन्टन प्रतियोगिता सम्पन्न


  • ढोरपाटन संवाददाता
  • चैत्र १८ २०७८, शुक्रबार

रेडियो नेपालको ७२ औं बार्षिकोत्सवको अवसरमा रेडियो नेपाल प्रादेशिक प्रशारण केन्द्र पोखरामा विबिध कार्यक्रमहरु शुरु भएको छ ।
सञ्चारकै अग्रणी संस्था रेडियो नेपालको स्थापना २००७ साल चैत्र २० गते भएको हो ।

यसै अवसरमा शुक्रवार कर्मचारीहरु बिच डबल्स व्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा खेम सारु र गोविन्द थापाको जोडी प्रथम , हिमलाल त्रिपाठी र गोविन्द पाठकको जोडी दोश्रो भए ।

सारुको जोडीले त्रिपाठीको जोडीलाई २१ –१७ ,१५– २१ २१ –१८ को सेटमा पराजित गरे । प्रतिस्पर्धामा कुल ५ टीम सहभागी थिए ।

रेडियो नेपालको बार्षिकोत्सकै सन्दर्भ पारेर मैत्रीपुर्ण भलिवल खेल,रस्साकस्सी ,म्युजिकल चियर,चम्चा दौड,घैटो फुटाउने लगायतका खेल सम्पन्न भएका छन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->