मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

दुई देशका प्रधानमन्त्रीले हरियो झण्डा देखाएपछि चल्यो जनकपुर–जयनगर रेल

दुई देशका प्रधानमन्त्रीले हरियो झण्डा देखाएपछि चल्यो जनकपुर–जयनगर रेल


  • ढोरपाटन संवाददाता
  • चैत्र १९ २०७८, शनिबार

पोखरा/बहुप्रतिक्षित नेपाली रेलको शनिबार उद्घाटन भएको छ । भारतको जयनगरबाट रेल गुडेको छ ।

नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा हरियो झण्डा देखाएपछि जयनगरबाट रेल कुर्थाका लागि प्रस्थान गरेको छ । दुवै प्रधानमन्त्रीले भारतको राजधानी दिल्लीस्थित हैदरावाद हाउसबाट भर्चुअल माध्यमले हरियो झण्डा देखाएका हुन् ।

उद्घाटनअघि रेललाई फूल लगाएर दुलही झैं सिंगारिएको थियो ।

जगनगरबाट कुर्था हिँडेको रेल घुमेर जनकपुरधाम स्टेशनमा आएपछि यहाँ औपचारिक उद्घाटन कार्यक्रम हुनेछ । कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादव र मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतसहितकाले सम्बोधन गर्नेछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->