पोखरा/समाजसेवामा लागेका युवाहरुको संस्था पहिलो पाइलाले पोखरामा युवा लक्षित नेतृत्व सम्मेलन गर्नेभएको छ ।
पोखरामा पत्रकार सम्मेलनको आयोजना गर्दै युवाहरुको भविष्यलाई लक्षित गर्दै कार्यत्रमको आयोजना गर्न लागेको जानकारी दिए । सम्मेलन एक दिनको भएपनि त्यसपश्चात युवाको उदेश्य अनुरुपको कार्यक्रम अघि बढाउने पहिलो पाइलाका केन्द्रिय महासचिव सुरज गिरीले जानकारी दिए ।
उनले अभियानमा पाँच सय जनाको सहभागिता रहने र विभिन्न ६ जना व्यक्तिले आफ्नो भनाइ राख्ने बताए । सहभागि युवाहरुका लागि विभिन्न १७ विषय राखिएको र जुन युवालाई जे बन्न मन छ त्यसका लागि संस्थाले कार्यक्रम तय समेत गर्ने उनले जानकारी दिए ।
कार्यक्रममा पुर्व आइजिपि सर्वेन्द्र खनाल, वरिष्ठ पत्रकार राजेन्द्र बानियाँ, अदुल सिंह, संवृदी राई, सुजिता बस्नेत र प्रकाश तिवारीको सहभागिता रहनेछ ।





