पोखरा/ मातृसेवा प्रतिष्ठान नेपालले कास्कीका ४९ जना विद्यार्थीलाई प्राविधिक शिक्षा अध्ययनको लागि ‘कर्मभूमि छात्रवृत्ति’ वितरण गरेको छ ।
ब्रम्हाकुमारी ईश्वरीय विश्वविद्यालय तथा राजरोग प्रशिक्षण केन्द्र नेपालका निर्देशक ब्रम्हाकुमारी परणिता, प्रतिष्ठानका संस्थापक अध्यक्ष एवं पूर्वमन्त्री हरि पाण्डे, प्रतिष्ठान उपाध्यक्ष तुलसा पाण्डे, पाल्पाली समाज पोखराका अध्यक्ष रेशम रचकलगायतले विद्यार्थीलाई सो छात्रवृत्ति वितरण गरेका हुन् । प्रतिष्ठानले गत वैशाखमा पनि जिल्लाका पाँचै पालिकाका गरी १ सय २५ जना विद्यार्थीलाई झण्डै ४० लाख रुपैयाँ बराबरको छात्रवृत्ति वितरण गरेको थियो । प्रतिष्ठानले हालसम्म देशभरका गरी ६ सयजना विद्यार्थी लाभान्वित भएका छन् । मंगलबार कुल ९ लाख रुपैयाँ बराबरको छात्रवृत्ति वितरण गरिएको हो ।





