शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

वडा कार्यालय र स्वास्थ्य चौकीसहित दश घरमा चोरी र तोडफोड

वडा कार्यालय र स्वास्थ्य चौकीसहित दश घरमा चोरी र तोडफोड


  • ढोरपाटन संवाददाता
  • चैत्र २६ २०७८, शनिबार

बागलुङ/ बागलुङको जैमिनी नगरपालिकामा शुक्रबार राती पुनः कर्यालय तथा घरहरु तोडफोड र चोरीका घटना भएका छन् । जैमिनी नगरपालिका–९ पैञ्युथन्थापमा वडाकार्यालय र स्वास्थ्य चौकी सहित १० घरमा तोडफोड तथा चोरी भएको हो । बिहिबार राती पालिका मुकाममा बिद्यालय, कार्यालयसहित दश घरमा चोरी तथा तोडफोड भएको थियो ।

पैञ्युथन्थापको लाम्सुमा रहेको वडा कार्यालयको ढोका फोडेर कार्यालय भित्र रहेका दराज, टेवल तथा कुर्चीहर भाँचीएको प्रहरीले जनाएको छ । वडा कार्यालय रहेको भवन रक्ताम्मे रहेको प्राबिधिक सहायक रविन्द्र शर्माले बताए ।
‘दराज फुटेका छन्, टेवल भाँचीएको छ, टेवल वरपर रग्ताम्मे छ, थप हामिले खोजेर हेर्न मिलेन् प्रहरीले खोजी गर्दैछ’ उनले भने । वडा कार्यालय छेवैमा रहेको स्वास्थ्य चौकी पैञ्युथन्थापको ढोका फोडिएको उनले जानकारी दिए । चोरी भएनभएको बिषयमा खोजी भैरहेको छ । लाम्सु गाउँकै ओमबहादुर परियारको घरबाट चार तोला सुन र ५० हजार रुपैयाँ नगद चोरी भएको उनले बताए । लाम्सु गाउँकै नारायणदत्त पौडेलको घर फोडेर १५ हजार रुपैयाँ चोरी भएको छ । हरिप्रसाद पाध्याको घरबाट २५ हजार चोरी भएको छ ।
लक्ष्मण श्रीको घर तोडफोड भएको छ । मणिराज परियारको घर फाडेर चावीनै चोरले लगेको स्थानीयले बताए । नरिश्वर शर्माको घरबाट ३० हजार रुपैयाँ चोरी भएको छ । फोडिएका घरमा रहेका दराज तथा बाकसहरु छेउछाउका खेतबारीमा फालेको अबस्थामा भेटिएको शर्माले बताए । पैञ्युथन्थापकै बिजुवा गाउँमा समेत दुईघरमा तोडफोड भएको छ । रातभरी गाउँमा आतंक मच्चिए पछि प्रहरी चौकी कुश्मीशेरालाई खवर गरिएको थियो ।

शनिवार बिहान घटनास्थल पुगेको प्रहरीले चोरी र तोडफोडमा संलग्नको खोजी गरिरहेको प्रहरी हवल्दार गोविन्द बहादुर थापाले बताए । बिहिबार रातीको घटनापछि स्थानीयले प्रहरीको भुमिकामा संका गरेपछि जिल्ला प्रहरी कार्यालय बागलुङले प्रहरी चौकी कुश्मीशेरामा कार्यरत प्रहरी प्रमुखसहित ९ जना हेरफेर गरेको थियो । घटनाको बिषयमा अनुसन्धानका लागि पाँच जनाको टोली खटाईएको प्रहरी उपरीक्षक दयानिधी ज्ञवालीले बताए । ‘घटनामा संलग्न एक दुई दिनमै पक्राउ हुन्छ, हाम्रो टोली घर घरमा पुगेको छ’ ज्ञवालीले भने ‘जैमिनी क्षेत्रको सुरक्षाका लागि नयाँ नेतृत्व सहितको टोली प्रहरी चौकी पुगिसकेको छ ।’

यसअघी कुश्मीशेरा बजारको सिवाईसी बचत तथा ऋण सहकारी संस्थासहित बलेवा होटल, शान्ति माध्यामिक विद्यालय छेवैकोे पुस्तक पसल, हिमालयन आवाशीय माध्यामिक विद्यालय,े नैनसिंह थापाको घर, बविन टेलर्स, अनिल सापकोटाको फेन्सी पसल र शान्ति मेडिकल हलमा चोरी भएको थियो । यस्तै जैमिनी नगरपालिका वडा नं १ टार स्थित पल्लोपाखा सामुदायिक माध्यामिक विद्यालय, प्रजानाथ शर्माको घरमा समेत तोडफोड भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->