आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

महानगर खेलकुद विकास समिति उपाध्यक्ष र सदस्यले लिए शपथ

महानगर खेलकुद विकास समिति उपाध्यक्ष र सदस्यले लिए शपथ


  • ढोरपाटन संवाददाता
  • चैत्र २६ २०७८, शनिबार

पोखरा/ पोखरा महानगरपालिका मातहतको खेलकुद विकास समिति उपाध्यक्ष र सदस्यहरुले शपथ लिएका छन् । गत १६ चैतको महानगर कार्यपालिका बैठकले मनोनित गरेका उपाध्यक्ष राजेन्द्र जिसी र सदस्य मनोनित भएकाहरुले शुक्रबार शपथ लिएका हुन् ।

महानगरले उपाध्यक्षमा राजेन्द्र जिसी र सदस्यमा दिनेशबाबु खड्का, जीवन बाटाजु, ऋषिसरा थापा, कुसुम गुरुङ, भरत बानियाँ, प्रिती बराल र अनुप पौडेललाई नियुक्त गरेको थियो ।

समितिको अध्यक्ष र सदस्य सचिव १० महिनाअघि नियुक्त भइसकेका थिए । अध्यक्षमा दिपकबहादुर गोदारलाई महानगरले गत जेठ पहिलो हप्ता र सदस्य सचिवमा सुवास खड्का असार पहिलो हप्ता नियुक्त भएका थिए ।

शपथपछि बोल्दै मेयर जिसीले देशका अन्य पालिकामा बनेका समितिभन्दा उत्कृष्ट हुने गरी काम गर्न निर्देशन दिए । अन्य पालिकाका समितिसँग सहकार्य गरेर काम गर्न उनको सुझाव थियो ।

‘यो नाममात्रैको समिति होइन । खेलकुद गतिविधिबाट पर्यटन प्रवद्र्धन गर्नुपर्छ । खेल विज्ञसँग बसेर कार्ययोजना र वार्षिक कार्ययोजना बनाएर काम गर्न आवश्यक छ,’ मेयर जिसीले भने ।

उनले महिलाहरुलाई पनि खेलकुद गतिविधिमा संलग्न गर्नेतर्फ पनि जोड दिन समितिलाई सुझाव दिए ।

त्यस्तै अध्यक्ष गोदारले खेलाडीलाई समितिको अपनत्व महसुस हुने वातावरण सिर्जना गर्नेगरी काम गर्ने प्रतिबद्धता जनाए । पोखराको खेलकुद विकास समितिलाई देशकै उत्कृष्ट बनाउने नतिजा निस्कने गरी समिति खेल गतिविधिमा क्रियाशील रहने उनले बताए ।

खेलकुद विकास, अनुसन्धान, अध्ययन, तालिमलगायत काम गर्ने गरी महानगरपालिकाले २०७५ सालमा खेलकुद विकास ऐन बनाएको थियो ।

महानगरका कर्मचारी पदेन सदस्य रहने समिति १५ सदस्यीय हुने व्यवस्था ऐनमा छ । खेलकुदसम्बन्धी कार्यक्रम आयोजना गर्ने क्लब, संस्थाको दर्ता सूचीकरणको अधिकार पनि ऐनले समितिलाई दिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->