आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

एमालेबाट पोखराको मेयरमा १२ र उपमेयरमा ११ जना आकांक्षी

एमालेबाट पोखराको मेयरमा १२ र उपमेयरमा ११ जना आकांक्षी


  • ढोरपाटन संवाददाता
  • चैत्र २९ २०७८, मंगलबार

पोखरा, २९ जेठ – पार्टीले जिम्मेवारी दिए पोखराको मेयरको लागि तयारको भएको प्रतिक्रिया दिएकी हालकी उपमेयर मञ्जुदेवी गुरुङले पार्टीको आन्तरिक प्रतिस्पर्धामा भाग लिइनन् ।

एमाले पोखरा नगर कमिटीको बैठकमा मेयरमा १२ जनाले आकांक्षा देखाइरहँदा उनी भने सो प्रक्रियामा सामेल भइनन् । प्रक्रियामा किन सामेल नभएको भन्नेबारे उनले केही बताइनन् । बलियो दावेदार मानिएकी उपमेयर मञ्जुदेवीको सचिवालयले भन्यो,‘अहिले यो विषयमा नबोलौं,पछि भनौंला ।’

मेयरमा यसअघि नै चर्चामा रहेका कास्की अध्यक्ष मनबहादुर गुरुङ पनि सरिक भएनन् ।

प्रदेश सांसद तथा पूर्वमेयर कृष्ण थापा, प्रदेश सांसद राजीव पहारी केन्द्रीय सदस्य भीम कार्की,युवा नेता रस्मी आचार्य,वडा नम्बर १३ का वडाध्यक्ष दर्शन लामा, एमाले केन्द्रीय सदस्य मीना गुरुङ, यसअघिका नगर समिति अध्यक्ष दीपक पौडेल, बालासिंह काउचा मगर, महिला नेतृ चिनाकुमारी गुरुङ, डा.विश्वकल्याण पराजुली, होटल व्यवसायी पुष्पराज अधिकारी, युवा नेताहरु दिलिप न्यौपाने हाइड्रो व्यवसायी पुष्पज्योति ढुंगानले मेयरमा आकांक्षा देखाएका छन् ।

उममेयरमा नेपाल उद्योग वाणिज्य महासंघका गण्डकी अध्यक्ष संजिवबहादुर कोइराला, प्रेस चौतारीकी सचिव शुष्मा पौडेल, वडाध्यक्ष शोभामोहन पौडेल, वामदेव ढुंगाना, टीकाराम पंगेनी, तेजनारायण अधिकारी,देवका पहारी, वडाध्यक्ष जीवन आचार्य, बलराम गायक,हरिमाय गुरुङ र बैनबहादुर क्षेत्रीले आकांंक्षा देखाएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->