पोखरा÷नेपाली कांग्रेस विपि कास्कीको सिङ्गो जिल्ला समिति विघटन गरी नेपाली कांग्रेसमा प्रवेश गरेको छ । कांग्रेस विपिका केन्द्रिय सदस्य तथा कास्की सभापति चन्द्र बहादुर रानाभाट सहितको टोली कांग्रेसमा प्रवेशमा गरेको छ ।
२०७४ सालको स्थानीय चुनावपछि विपि कांग्रेसमा प्रवेश गरेका उनी लगायत सम्पुर्ण टिमलाई नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले माला र अविर लगाएर स्वागत गरे ।
रानाभाटले २०३६ सालमा विद्यार्थी राजनितिबाट अघि बढेका हुन् । सविकको राखी गा.वि.स.को उपाध्यक्ष समेत भएका पुराना कांग्रेस नेता हुन् । उनी २०७४ मा स्थानीय निर्वाचन र प्रतिनीधि सभा सदस्यमा विपि कांग्रेसबाट उम्मेवदारी दिएका थिए ।
गण्डकी प्रदेशको कार्यालयमा भएको कार्याक्रममा नेपाली सभापति शुक्रराज शर्माले पार्टी प्रवेशले कांग्रेसलाई थप बलियो बनाएको बताए ।
कार्यक्रममा प्रदेश महामन्त्री किरणलाल श्रेष्ठ, सह–महामन्त्री कोपिला रानाभाट लगायतले आफ्नो धारणा राखेका थिए ।
रानाभाटलाई नेपाली कांग्रेस गण्डकी प्रदेशले आमन्त्रित सदस्यमा मनोनित गर्ने चर्चा समेत चलेको छ ।




