मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

आगो लाग्दा २१ लाख नष्ट

आगो लाग्दा २१ लाख नष्ट


  • ढोरपाटन संबाददाता
  • बैशाख २ २०७९, शुक्रबार

पोखरा/ नयाँ वर्षको पहिलो दिन नै पोखरा ७, राष्ट्रबैंकको एक घरमा आगलागी भएको छ । विजुली सर्ट भएर आगलागी हुँदा उक्त घरमा डेरा गरी बस्ने सुरक्षा निकायमा कार्यरतहरुको २१ लाख लाख बराबरको क्षति पुगेको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सुन्दर तिवारीले जानकारी दिए ।

आगलागी भएको करिब ३५ मिनेटमा आगो नियन्त्रणमा लिएको थिषे । विद्युत सट हुने वितिकै इलोक्ट्रोनिक सामग्री, कारर्पेट र काठका फर्निचर हुँदै उक्त घरको अरु कोठामा आगो पुग्दा ठूलो क्षति पुगेको तिवारीले बताए ।

आगोले रुपन्देही घर भइ हाल गण्डकी प्रदेश सशत्र प्रविधिक गण पोखरामा कार्यरत राजेन्द्र ठाकुरको ५ लाख बराबरको सम्पति जलेर नष्ट भएको जनाइएको छ । ठाकुरको कोठामा भएको लत्ता कपडा, बेड बिस्तारा भाडावर्तन, ४ तोला सुन र नगद ८० हजार रुपैयाँ जलेर नष्ट भएको हो ।

आगलागीमा परेर सोही घरमा डेरामा बस्दै आएका रमाकान्त ठाकुरको ३ लाख ९० हजार बराबरको सम्पति जलेर नष्ट भएको छ । उनका पनि बेड विस्तारा, लत्ता कपडा, सुन, सिँलाई मेसिन र नगद जलेर नष्ट भएको तिवारीले बताएका छन् । उनी सशत्र प्रहरी गुल्ममा कार्यरत थिए ।

आगलागीमा परेर जिल्ला प्रहरी कार्यालय डोल्पामा कार्यरत प्रहरी हलदार प्रेम सुनारको पनि डोरामा भएको सम्पति नष्ट भएको हो । उनको डेरामा रहेको लत्ता कपडा, भाडा वर्तन, बेड विस्तारा, सुन गरी कुल ९ लाख ६० हजार बराबरको सम्पति जलेर नष्ट भएको डिएसपी तिवारीले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->